नेभिगेसन मेनु

अफगानिस्तान : दोस्रो ठूलो शहर कान्धार तालिबानकाे कब्जामा, राजधानीमै आक्रमण हुनसक्ने !
समय:2021-08-13 04:41

विद्रोही तालिबान समूहले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धार कब्जा गरेको दाबी गरेको छ ।

तालिबान समूहले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ । तालिबान समूहको यो दाबी सत्य भएमा अफगानिस्तान सरकारको नियन्त्रणमा अब केबल राजधानी काबुल र केही सानातिना क्षेत्र मात्र बाँकी रहेको छ ।

तालिबानले अब राजधानी काबुल पनि कब्जा गर्न सक्ने विश्लेषण गर्न थालिएको छ । अफगानिस्तानमा २० वर्षदेखि रहँदै आएका अमेरिकी र अन्य विदेशी सैनिक फिर्ता भएलगत्तै तालिबान समूहले एकपछि अर्को शहरमाथि कब्जा जमाउँदै गएका छन् ।

राजधानीमध्ये ११ मा आफ्नो नियन्त्रण स्थापित गरिसकेको छ । हालैमात्र तालिबानले महत्वपूर्ण शहरहरु गजनी र हेरातलाई नियन्त्रणमा लिएको थियो ।

गजनीबाट राजधानी काबुल १ सय ५० किलोमिटर मात्रै टाढा पर्दछ । तालिबान समूहले अब राजधानी काबुलमा आक्रमण गर्न सक्ने अनुमान गरिएको छ । अमेरिकी सेनाले पनि तालिबानले ३० देखि ९० दिनको अन्तरमा राजधानी काबुल कब्जा गर्न सक्ने आशंका गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर