नेभिगेसन मेनु

राष्ट्रपति वाइडेनद्वारा अफगानी नेतालाई एकजुट हुन र ‘राष्ट्रका लागि लड्न’ अपिल
समय:2021-08-12 10:27

अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानबाट सेना फिर्ता बोलाउनुमा आफूलाई कुनै अफसोच नभएको बताएका छन् ।

राष्ट्रपति बाइडेनलले अफगानी नेतालाई एकजुट हुन र ‘राष्ट्रका लागि लड्न’ अपिल समेत गरेका छन् । २० वर्ष लामो सैन्य अपरेसनपछि अमेरिकी नेतृत्वको विदेशी सेना फिर्ता भएपछि अफगानिस्तानमा तालिबानले आक्रमण बढाउँदै आएको छ ।

६ दिनमा ३४ मध्ये कम्तीमा ८ वटा प्रान्तीय राजधानीमा तालिबानले कब्जा जमाइसकेको छ । राष्ट्रपति बाइडेनले पत्रकारहरूसँग कुराकानी गर्दै अफगानिस्तानसँग गरिएको वाचामा अमेरिका प्रतिबद्ध रहेको बताएका छन् । हवाई सहायता र अफगान सुरक्षाकर्मीलाई उपकरण सहयोग भने जारी रहने बाइडेनको भनाइ छ ।

संयुक्त राष्ट्र संघका अनुसार गत महिना मात्रै तालिबान र सुरक्षा फौजबीचको झडपमा १ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । मंगलबार मात्र तालिबानले दुई प्रान्तीय राजधानी फराह र पुल–ए–खुमरी कब्जा गरेका छन् ।

यसअघि तालिबानले महत्त्वपूर्ण मानिएको कुन्दुज सहरलगायत ६ वटा प्रान्तीय राजधानी आफ्नो कब्जामा लिइसकेको छ । अमेरिकी गुप्तचर अधिकारीहरुलाई उद्धृत गर्दै तालिबानले ढिलोचाँडो काबुल नै कब्जा गर्ने रणनीतिअनुरुप अगाडि बढेको वासिंटन पोस्टले उल्लेख गरेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर