नेभिगेसन मेनु

जलवायु न्याय र समुदायको उत्थानशीलताबारे छलफल
सम्पादक:南亚网络电视
समय:2026-10-29 13:32

 

 kabita-1

काठमाडौँ, कात्तिक १२ गते । जलवायु परिर्वतनको साझा चुनौती सामना गर्न तथा विपद जोखिम न्युनीकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउने उद्देश्यले भारतको नयाँ दिल्लीमा जलवायु जोखिम तथा विपद न्युनीकरणमा साझा जिम्मेवारी विषयमा संवाद कार्यक्रम सम्पन्न भएको छ। 

भारतस्थित नेपाली राजदुतावास तथा इनिसियटिभ्स अफ मिडिया विमेनको आयोजना सम्पन्न कार्यक्रममा भारतका लागि नेपालका कार्यवाहक राजदुत डा. सुरेन्द्र थापाले विपद जोखिम न्युनीकरणका लागि छिमेकी देशहरुबिच वातावरणीय दिगोपनासम्बन्धी छलफल आवश्यक भएको बताउनुभयो । हिमनदीजन्य जोखिमबाट बच्न पूर्व तयारीका साथै नेपाल–भारत र चीनबिचको क्षेत्रीय सहकार्य आवश्य भएको उहाँको भनाइ छ। डा. थापाले भन्नुभयो, “नेपाल र भारतका साझा नदी पारिस्थितिक प्रणालीमा निर्भर रहेकाले त्यसको संरक्षण र दिगो व्यवस्थापनका लागि नेपाल र भारतबिच सहकार्य आवश्यक छ।’ 

हामीले जलवायु परिवर्तनका असरहरु सामना गर्न सक्ने पूर्वाधार निर्माण गर्नुका साथै नेपाल र भारतको घनिष्ट सहकार्यबाट दुवै देशलाई सहयोग पुग्नेगरी कार्य अघि बढाउनुपर्ने उहाँको तर्क छ। 

जलवायु परिर्वतनका कारण बाढी, पहिरो, हिमनदी पग्लिनेक्रम तथा अन्य प्राकृतिक जोखिम बढदै जाँदा नेपाल र भारत दुवैदेश प्रभावित भइरहेको भन्दै उहाँले यस्ता जोखिमको सामना गर्न प्रभावकारी पूर्वसूचना प्रणाली, विपद तयारी र आपसी समन्वय महत्वपूर्ण भएको बताउनुभयो। 

कार्यक्रममा भारतको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका पूर्व महानिर्देशक डा. राजेन्द्र सिंहले विपतले कुनै सिमा नचिन्ने बताउँदै त्यसमा नेपाल र भारत मिलेर काम गर्नुपर्ने बताउनुभयो । भोटेकोशीमा वेपत्ता भएका परिवारप्रति श्रद्धान्जली व्यक्त गदै उहाँले हाम्रा समुदाय र बस्तीहरुको संरक्षण गर्ने बाटो विपद उत्थानशील विकास भएको बताउनुभयो । 

कार्यक्रममा भारतका केन्द्रीय अनुसन्धान व्यूरोका पूर्व निर्देशक डिआर कार्तिकेनले विपदको अनुभव आफूले पनि भोगेको  बताउँदै त्यसका लागि नेपाल र भारत दुबै जिम्मेबार हुनुपर्ने बताउनुभयो । अहिले आएको यो विपदको चेतावनी नेपाल र भारतका लागि सचेत गराउने सन्देश भएको बताउँदै उहाँले हाम्रो समुदाय र भविष्यको संरक्षण गर्न हामीले अहिले नै कदम चाल्नुपर्नेमा जोड दिनुभयो। 

कार्यक्रममा पद्धमश्री पुरस्कारबाट सम्मानित डा. पोपटराव पवारले आफ्नो गाउँको उदाहरण दिँदै २६ अगस्टमा नेपालमा भएको विपदको समस्याबाट भारत सहित सबै एशियन देशहरुले ज्ञान लिनुपर्ने बताउँदै सगरमाथा र चीनको कैलाश मानसरोबरमै गडबडि भयो भने एशियन देशमा सबैतिर समस्या हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले सबैभन्दा बढी ध्यान हिमालयन क्षेत्रको संरक्षण आवश्यक छ त्यसको दिगो व्यवस्थापनमा सबै लागौं ।’ 

कार्यक्रममा इनिसियटिभ्स अफ मिडिया विमेनका अध्यक्ष लक्ष्मी भण्डारीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको दोस्रो सत्रमा जलवायु परिर्वतन, विपद जोखिम न्युनीकरण तथा नेपाल–भारतबिचको क्षेत्रीय सहकार्यबारे छलफल गरिएको थियो। 

छलफलमा वातावरण संरक्षण अभियन्ता तथा पदमश्री पुरस्कारबाट सम्मानित व्यक्तित्व उमाकान्त पाण्डे, कर्पोरेट तथा नियामक कानुन विशेषज्ञ आनन्द बर्मा, ग्लोबल ट्रेड एण्ड टेक्नोलोजी काउन्सिल अफ इन्डियाका प्रतिनिधि गौरब गुप्ता, आन्तरिक एशियाली अध्ययन केन्द्र अन्तर्राष्टिय अध्ययन संकाय जवाहरलाल नेहरु विश्वविद्यालयका प्राडा सङ्गिता थपलिया लगायतको सहभागिता थियो।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी