नेभिगेसन मेनु

यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते
सम्पादक:南亚网络电视
समय:2026-11-13 11:39

Accident

संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्।

यूएईको गृह मन्त्रालयका अनुसार ⁠⁠एक ट्रक चालकले गाडीको नियन्त्रण गुमाए अर्को गाडीसँग ठोक्किन पुग्दा सुस्त गतिमा चलिरहेका अन्य धेरै सवारी साधनहरूमा ठोक्किएर दुर्घटना भएको थियो । गृह मन्त्रालयका अनुसार दुर्घटनामा पाँच ट्रकसहित जम्मा २३ सवारीसाधन ठोक्किएका थिए ।

मध्यरातको केही समय अगाडि फुजैराह प्रवेशद्वारमा ट्राफिक सुस्त गतिमा चलिरहेको बेला दुर्घटना भएको थियो ।

मन्त्रालयले ठोक्किएपछि ट्रकमा आगो लागेको र नजिकै रहेका अन्य धेरै सवारी साधनहरूमा आगो फैलिएको र व्यापक मानवीय क्षति भएको जनाएको छ ।

फुजैराह प्रहरीले दुर्घटनामा घाइते भएका ३० जनालाई अस्पताल लगिएको बताएको छ । मृतकको पहिचान गर्न डीएनए परीक्षण भइरहेको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा केही यूएईका नागरिकहरू पनि छन् । यूएईस्थित भारतीय वाणिज्य दूतावासले दुर्घटनामा भारतीय नागरिकहरूको पनि मृत्यु भएको जनाएको छ ।

दूतावासले मृतकका परिवारसँग सम्पर्कमा रहेको र उनीहरूलाई आवश्यक सबै सहयोग प्रदान गर्न स्थानीय अधिकारीहरूसँग काम गरिरहेको बताएको छ। 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी