नेभिगेसन मेनु

सोह्र वटा इरानी पानीजहाज नष्ट
सम्पादक:南亚网络电视
समय:2026-03-12 11:50

 

 B-52--bomber

काठमाडौँ, फागुन २८ गते । अमेरिकाले हर्मुज जलमार्गमा बारुदी सुरुङ बिछ्याउने १६ वटा इरानी पानीजहाज नष्ट गरिदिएको छ । अमेरिकी हवाई आक्रमणका क्रममा क्षेप्यास्त्र प्रहार गरी ती पानीजहाज नष्ट पारिदिएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । 

अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा इरानी पानीजहाज ध्वस्त पारिएको देखिएको बताइएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा बारुदी सुरुङ राखिएको पुष्टि भए र त्यसलाई तुरुन्त हटाइएन भने इरानले ‘पहिले कहिल्यै नदेखिएको स्तरको सैन्य परिणाम’ भोग्नुपर्ने चेतावनी दिनुभएको छ । इरानले हर्मुज जलमार्गमा अवरोध खडा गरेको छ । 

बेलायती हवाई अखडामा बमवर्षक विमान इरानसितको युद्ध लम्बिँदै गएपछि थप कारबाहीका लागि अमेरिकी बमवर्षक विमान बेलायत आइपुगेका छन् । बेलायतले आफ्नो हवाई अखडा प्रयोग गर्न अमेरिकालाई अनुमति दिएपछि बमवर्षक विमान ल्याइएको हो । 

खामेनी घाइते नभएको दाबी

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी युद्धका क्रममा घाइते भएको समाचार फैलिरहेका बेला उहाँ सुरक्षित र स्वस्थ रहेको दाबी इरानका राष्ट्रपतिका छोराले गर्नुभएको छ । इजरायल र अमेरिकासँगको जारी युद्धको पृष्ठभूमिमा यस्तो दाबी सार्वजनिक गरिएको हो । राष्ट्रपतिको छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले बुधबार आफ्नो टेलिग्राम च्यानलमार्फत मोजतबा खामेनीको अवस्थाबारे टिप्पणी गर्दै उहाँ घाइते भएको खबर आफूले पनि सुनेको तर त्यसको पुष्टि नभएको बताउनुभएको छ । उहाँका अनुसार आफूले सम्पर्कमा रहेका केही व्यक्तिसँग सोधपुछ गर्दा उनीहरूले खामेनी सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका उल्लेख गर्नुभएको छ ।

यसअघि सरकारी टेलिभिजनले खामेनीलाई ‘रमजान युद्धका घाइते पूर्वसैनिक’ भनेर उल्लेख गरेको थियो तर उहाँ कहिले र कसरी घाइते हुनुभएको हो भन्नेबारे भने कुनै स्पष्ट विवरण दिइएको थिएन । मोजतबा इस्लामिक गणतन्त्रका लामो समयसम्म सर्वोच्च नेता रहेका आयातोल्लाह अली खामेनीका छोरा र उत्तराधिकारी हुनुहुन्छ । अमेरिका–इजरायलको सैन्य आक्रमणमा आयातोल्लाह मारिएपछि मोजतबालाई नयाँ सर्वोच्च नेताका रूपमा अघि सारिएको हो । सो घटनापछि पश्चिम एसियामा व्यापक युद्ध जारी छ ।  आइतबार सर्वोच्च नेता घोषणा गरिएपछि पनि उहाँले राष्ट्रलाई औपचारिक सम्बोधन गर्नुभएको छैन । साथै हालसम्म उहाँका तर्फबाट कुनै लिखित वक्तव्य पनि सार्वजनिक भएको छैन, जसले उहाँको अवस्थाबारे विभिन्न अनुमान फैलिन मद्दत गरेको छ ।

इरानी आक्रमण तीव्र

जारी युद्धबिच इरानले बुधबार इजरायल र खाडी क्षेत्रका लक्ष्यतर्फ नयाँ आक्रमण सुरु गरेको छ ।  इरानी सेनाले इजरायलका सहरतर्फ क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । जेरुसेलममा हवाई हमलाको साइरन र विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारले बताएका छन् । आपत्कालीन सेवाले तत्काल ठुलो क्षतिको विवरण सार्वजनिक नगरे पनि तेलअभिवमा केही मानिस घाइते भएको स्थानीय टेलिभिजनले जनाएको छ । इरानको रिभोलुसनरी गाड्र्सले बहराइन र इराकी कुर्दिस्तानतर्फ पनि आक्रमण गरेको दाबी गरेको छ । कुवेतस्थित अमेरिकी सैन्य अड्डासमेत लक्षित गरिएको इरानी मिडियाले जनाएको छ  ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर