नेभिगेसन मेनु

इजरायले लेबनानामा गरेको आक्रमणमा आठ जनाको मृत्यु : मिडिया
सम्पादक:南亚网络电视
समय:2026-03-06 14:13

 

 70F6B775-2C5C-4D42-9FB7-E841B254B2D6

काठमाडौँ, फागुन २२ गते । इजरायलले दक्षिणी लेबनानको हेजबुल्लाह गढका क्षेत्रमा निकासी आह्वान जारी गर्दै गरेको आक्रमणमा आठ जनाको मृत्यु भएको जनाइएको छ । इजरायलमाथि आक्रमण गर्दा लेबनानलाई क्षेत्रीय युद्धमा तानेको र इरान समर्थित लडाकु समूहले गालील क्षेत्रका स्थानमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।

राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले दक्षिण लेबनानको नबातीह क्षेत्रका गाउँका मेयर र उहाँकी श्रीमतीको आक्रमणमा मृत्यु भएको जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले देशको पूर्वमा रहेको जाहले सहर नजिकै कारमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ ।

राजधानीको दक्षिणी उपनगर स्थित हेजबुल्लाहको मुख्य गढमा बिहीबार थप आक्रमण भएको जनाइएको छ भने एनएनएले एएफपीटीभी फुटेजमा त्यस क्षेत्रबाट धुवाँ आउँदै गरेको देखाइएको छ । लेबनानको उत्तरमा त्रिपोली नजिकै भएको इजरायली ड्रोन आक्रमणमा हामासका वरिष्ठ अधिकारी वासिम अतल्लाह अल-अली र उहाँकी पत्नीको मृत्यु भएको जनाइएको छ ।

इजरायलले बिहीबार पनि, दक्षिणी लेबनानका विभिन्न क्षेत्रका बासिन्दालाई सैन्य कारबाहीका कारण खाली गर्न चेतावनी दिएको छ । मङ्गलबार, इजरायली सेनाले इजरायली बासिन्दाको सुरक्षाका लागि लेबनान भित्र बफर जोन सिर्जना गरिरहेको बताएको थियो । रासस/एएफपी 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर