नेभिगेसन मेनु

भृकुटीको वंश–लहरो
सम्पादक:南亚网络电视
समय:2025-08-06 17:44


divya

एस् ए टी भी २० साउन २०८२, काठमाडौँः भृकुटीको जन्म वि.सं. ६८१ (ई.सं. ६२४) माघ १ गते मकर संक्रान्तिको दिन राजा उदयदेव, रानी भद्रावतीको कोखबाट काभ्रेपलाञ्चोक जिल्लाको खोपासीमा भएको अध्ययनले देखाएको छ । नेपालकी राजकुमारी भृकुटी, तिब्बतका राजा स्रङचङ गम्पोबिचको राजकीय वैवाहिक दाम्पत्य जीवन उत्कृष्ट एशियाली नमूना मानिन्छ । यो अन्तरदेशीय ऐतिहासिक बैवाहिक सम्बन्धको राजकीय जग हो । त्यतिमात्र नभई यो एक अन्तरदेशीय वैवाहिक कूटनीतिको नेपाली र तिब्बती (चिनियाँ) पारिवारिक सम्बन्धको सम्मिश्रण हो । यो एक नरम कूटनीतिक रणकौशल हो । त्यसैक्रममा वुवा उदयदेवले छोरी भृकुटीलाई विवाहको साईतमा अन्माउँदा दिनुभएका दुर्लभ उपदेशहरु वर्तमान युवा पिढीका लागि मार्गदर्शक बनिरहेका छन् । त्यसकारण यो विषय ऐतिहासिक प्रेरणाको अब्बल स्रोत हो । एशियाली सभ्यताको ऐतिहासिक विकासक्रमहरु मध्येको एउटा खुड्किलो हो । 

बुद्धकी उपासिका भृकुटी तिब्बती बौद्ध धर्मको मियो हुनुहुन्छ । वहाँलाई तिक्ष्ण एशियाली विदुषी नारी मानिन्छ । त्यसकारण ज्ञान, सुरक्षा चेतना र धार्मिक आध्यात्मिक शक्तिको खानी भृकुटी रानीलाई चीन (तिब्बत) मा हरित ताराको रुपमा पूजा गर्ने प्रचलन छ । भृकुटी तत्कालीन चिनियाँ (तिब्बती) जनताका महारानी मात्र होईनन् देवी पनि हुनुहुन्थ्यो । आजको नयाँ चीन (तिब्बत) ले पनि भृकुटीलाई देवी मानिरहेको छ । यसमा हामी नेपाली गर्व गर्छौं । यो नेपालको गौरवपूर्ण पहिचान हो । यसरी नेपाली चेली भृकुटीलाई चीन (तिब्बत) मा देवी पुजिनुले पनि हिमालय पर्वत

श्रृंखला वारिपारिको धार्मिक आध्यात्मिक सभ्यतालाई सगरमाथा जस्तै उँचो उठाउनु हो । यसरी नेपाली राजकुमारी भृकुटी एक भोट तिब्बत सभ्यताको पूज्यनीय संस्थापक राजमाता कहलिनु भएकाले वहाँ नेपाल र चीन (भोट) सम्बन्धको सेतु हुनुहुन्छ । त्यसकारण भृकुटीको जन्म, निधन र वंश–लहरोको सर्वाधिक महत्वले स्थान पाउँदै गएको छ ।

भृकुटीको विवाह ई.सं. ६३३ मा, परिनिर्वाण (मृत्यु) ई.सं. ६८० मा भएको स्रोतहरुको दाबी छ । भृकुटीको वंश–शीर राजा शिवदेव प्रथम हुनुहुन्छ । वहाँ भृकुटीको हजुरवुवा हुनुहुन्छ । त्यसैगरी युवराज नरेन्द्रदेव राजा उदयदेवका छोरा, भृकुटीका दाजु हुन भने भृकुटी कसरी उदयदेवकी छोरी होईनन् ? सामान्य ज्ञानको प्रश्न पनि यही हो । भृकुटीलाई राजा अंशुवर्माकी छोरी हुन भनेर विवादमा तान्नेहरु पनि थिए, अहिले पनि छन् । तर उनीहरुलाई यो बुझाउन गाह्रो छ कि ई.सं. ६२१ मा मृत्यु भएका अंशुवर्माको ई.सं. ६२४ मा जन्मिनु भएकी भृकुटी कसरी छोरी हुन सक्छिन ? सक्दिनन् ।

वंशावली अनुसार राजा शिवदेव प्रथमका नाति, राजा उदयदेव द्वितीयका छोरा नरेन्द्रदेव र राजा शिवदेव प्रथमकी नातिनी, राजा उदयदेवकी छोरी भृकुटी एक सुखी, खुशी नेपाली राजपरिवार हुनुहुन्थ्यो । भृकुटीका हजुरवुवा राजा शिवदेव प्रथमका सपरिवार हिन्दू र बौद्ध दुवै धर्मप्रति वरोवर आस्था राख्दथे, तैपनि वहाँको बढ्दो झुकाव बौद्ध धर्मप्रति थियो । त्यसैगरी वहाँको वुवा राजा उदयदेव पनि बौद्ध धर्ममा बढी आस्थावान हुनुहुन्थ्यो । यस्तो वंशाणुगत प्रभाव छोरा नरेन्द्रदेव र छोरी भृकुटीमा पनि प¥यो । परिणामस्वरुप नरेन्द्रदेव र भृकुटीको बौद्धधर्म दर्शनमा प्रगाढ आस्था थियो । दाजु नरेन्द्रदेवले पनि तिब्बतकी केटीसँग विवाह गर्नुभयो । नरेन्द्रदेवकी बहिनी भृकुटीको विवाहमा वुवा राजा उदयदेवले बुद्धका मूर्तिहरु उपहारस्वरुप तिब्बत पठाउनु भएको थियो । किनकि भृकुटीले पनि शान्तिका अग्रनायक भगवान शाक्यमुनि गौतम बुद्धको मूर्तिहरुलाई नेपालबाट लगेर तिब्बतमा स्थापना गर्नु भएको थियो । त्यसैक्रममा भृकुटीले आफ्नो विवाहमा उपहार स्वरुप प्राप्त गर्नुभएका कश्यप बुद्ध, मैत्रेय बुद्ध जस्ता बुद्धहरुका मूर्ति, प्रतिमाहरु लगेर स्थापना, प्रतिष्थापना गर्नुभएको हो । नेपाली राजकुमारी तिब्बतकी महारानी भृकुटीद्वारा निर्मित ल्हासाको जोखाङ

गुम्बाभित्र वहाँले नेपालबाट लैजानु भएका यिनै बुद्धका मूर्तिहरु प्रतिष्थापना गर्नुभयो । यी मूर्तिहरु त्यहाँभित्र आज पनि देख्न सकिन्छ । यो चक्षु प्रमाण हो । इतिहास हो । चीन (तिब्बत) का पुरातात्विक सम्पदा हुन् । यसरी भृकुटीले तिब्बतमा बुद्ध धर्मको प्रचार प्रसारमा महत्वपूर्ण योगदान दिनुभयो ।

महारानी भृकुटी र राजा स्रङ्चन गम्पोबाट एक छोरा गुङसुङ गुङचनको जन्म भएको, सानै उमेरमा वहाँको मृत्यु भएको तिब्बती स्रोतहरुमा उल्लेख गरेको पाइन्छ ।

diwya

भृकुटीको वंश–लहरोले भृकुटीको पारिवारिक संरचना कस्तो थियो भन्ने तथ्य बोध गराएको छ । भृकुटी नेपाल र चीन (तिब्बत) को लागि मात्र प्रेरणाको खानी नभएर भारतका लागि पनि प्रेरणाको खानी मानिनु हुन्छ । यसले शान्तिपूर्ण सहअस्तित्वको भावनालाई जागृत गरेको छ । त्यसकारण भृकुटीको प्रतिमालाई उच्च सम्मान र महत्वका साथ भारतको सारनाथमा राखिएको छ । यो चीन, नेपाल र भारत त्रिदेशीय त्रिपक्षीय सम्बन्धको नचुँडिने,

नतोडिने, नभत्किने पर्खाल हो । भृकुटीप्रतिको श्रद्धाले यी तीन देशको आत्मिय सम्बन्धको मनोवैज्ञानिक एकतालाई बलियो बनाई परस्परमा विभाजित नहुने सम्बन्धको पाठ सिकाएको

छ । यसरी भृकुटीको राजनीतिक, कूटनीतिक, धार्मिक आध्यात्मिक, ऐतिहासिक आयामहरुको यर्थाथपरक, वस्तुनिष्ठ मूल्यांकन गर्नेक्रममा वहाँप्रतिको अविश्वास, विवाद, भ्रमलाई हटाइ आस्था विश्वास प्रणाली स्थापित गर्न आवश्यक छ । किनकि भृकुटी देवी नेपाली, चिनियाँ (तिब्बत), भारतीय मूल्य मान्यताको ऐतिहासिक एकताको आधार हुनुहुन्छ । शान्तिपूर्ण सहअस्तित्वको प्रतिक हुनुहुन्छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर