नेभिगेसन मेनु

झापामा १४४ किलोमिटर सिमा सिल
सम्पादक:南亚网络电视
समय:2026-03-03 13:18

 

 purwi-naka

काठमाडौँ, फागुन १९ गते । भारतसँग १४४ किलोमिटर खुला सीमा जोडिएको नेपालको पूर्वी नाका झापा जिल्लामा ७२ घण्टाका लागि सीमा सिल गरिएको छ । निर्वाचनका बेला हुनसक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न यो निर्णय गरिएको बताइएको छ ।

मङ्गलबार बिहानैदेखि नेपाल–भारत सिमा क्षेत्रमा सुरक्षाकर्मीहरु बाक्लो रुपमा परिचालन भएका छन् । सीमा क्षेत्रमा नेपाली र भारतीय सुरक्षाकर्मी आ–आफ्नो देश तर्फ तैनाथ भएका हुन् । निर्वाचनको समयमा ७२ घण्टा सिमा क्षेत्र सिल गरिने गर्छ ।

अतिआवश्यक काम बाहेक आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभएको छ । केहि दिन अघि भारतीय अधिकारीहरुसँग निर्वाचन केन्द्रित छलफल भएको थियो ।

बिहीबार हुने निर्वाचनलाई भयरहित बनाउनका लागि सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएको गेलालले जनाउनुभयो । सीमा क्षेत्रदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रहरूमा सुरक्षाकर्मी परिचालन गरिएको र गस्तीसमेत तीव्र पारिएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर