नेभिगेसन मेनु

मतदाता शिक्षा कार्यक्रमका लागि जिल्लाभर स्वयंसेवक परिचालन हुँदै
सम्पादक:南亚网络电视
समय:2026-02-12 13:58

 

 election-training-syangja-pic-1

काठमाडौँ, माघ २९ गते । स्याङ्जामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि जिल्लाभर स्वयंसेवक परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले यहाँका प्रत्येक वडामा परिचालित हुने मतदाता शिक्षा स्वयंसेवक छनोट प्रक्रिया पूरा गरेको हो ।

आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी गराउन न्यूनतम स्रोत परिचालन गरेर काम गर्न लागिएको जिल्ला निर्वाचन अधिकृत श्रीराम थापाले जानकारी दिनुभयो ।

जिल्लामा रहेका ११ पालिकाका ९७ वटै वडामा परिचालित हुने (खटिने) मतदाता शिक्षा स्वयंसेवक छनोट गरिएको छ । यसका लागि ११ वटा पालिकामा भने ११ जना निर्वाचन सम्पर्क व्यक्ति छनोट गरिएको छ । उनीहरुलाई तालिम दिने काम सम्पन्न भएको थापाले जानकारी दिनुभयो । सम्पर्क व्यक्तिलाई अनुगमन कर्ताको जिम्मेवारी पनि तोकिएको उहाँको भनाइ छ ।

प्रत्येक पालिकामा छनोट भएका स्वयंसेवकले फागुन ३ देखि १७ गतेसम्म वडा तहमा पुगेर निर्वाचन शिक्षा दिने कार्यालयले जनाएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर