नेभिगेसन मेनु

चैते धान लगाउन सुरु
सम्पादक:南亚网络电视
समय:2026-03-07 11:57

 

 chaite-dhan

काठमाडौँ, फागुन २३  गते । झापामा फागुनको दोस्रो सातादेखि चैते धान लगाउन सुरु भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार पछिल्लो समयमा किसानले जिल्लाभर नै चैते धान लगाउने गरेका छन् ।

फागुनको मध्यदेखि सुरु भएको चैते धान रोपाइँ चैतको दोस्रो सातासम्म चल्ने गरेको बताइएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार धेरै जसो ठाउँमा परम्परागत खेती प्रणालीलाई छाडेर मेसिनबाट धान रोप्ने गरिएको छ ।

विभिन्न साना किसान सहकारी र समूहमार्फत जिल्लामा हाल १० वटा धान रोप्ने मेसिन (ट्रान्सप्लान्टर) बाट धान रोपाइँ हुँदै आएको छ । परम्परागत रूपमा धान रोप्नेको पनि कमी छैन ।

मेसिनको प्रयोगले श्रम र लागत घटाउने भएकाले किसान त्यसतर्फ आकर्षित छन् तर अहिले पनि मेसिनप्रति किसानको विश्वास भने कमै रहेकाले परम्परागत रूपमा पनि धान खेती हुँदै आएको छ ।

गत वर्ष झापामा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो । यस वर्ष यसमा केही कमी आउन सक्ने जनाइएको छ । किसान धानभन्दा बढी नगदे बाली र मकैमा आकर्षित हुँदा चैते धान खेती कम हुन सक्ने विष्टले जनाउनुभयो ।

कमलका किसान ख्याम आचार्यका अनुसार चैते धानको मूल्य प्रतिमन सातदेखि आठ सय रुपियाँसमेत नरहेकाले खेती गर्न मन नलागेको बताउनुभयो । उहाँले लागत मूल्यसमेत नउठ्ने जनाउनुभयो ।   

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर