नेभिगेसन मेनु

ललितपुर महानगरपालिकाद्वारा प्रहरीलाई आठ थान मोटरसाइकल हस्तान्तरण
सम्पादक:南亚网络电视
समय:2026-03-02 12:57

 

 645484350_1243598894597149_7179883988630255913_n_yHsVM8nSeT

ललितपुर । ललितपुर महानगरपालिकाले जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्ला प्रहरी परिसर ललितपुरलाई आठ थान मोटरसाइकल सहयोग गरेको छ। आइतबार आयोजित एक विशेष कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ती मोटरसाइकलहरू प्रहरीलाई हस्तान्तरण गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको उपस्थितिमा भएको उक्त कार्यक्रममा नगर प्रमुख महर्जनले जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र वोगटीलाई आठ थान पल्सर मोटरसाइकलको साँचो हस्तान्तरण गरे। महानगरभित्र हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र प्रहरीको गस्तीलाई थप तीव्र बनाउन यो सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक बोगटीले महानगरपालिकाको यो सहयोगप्रति आभार व्यक्त गर्दै उपलब्ध सवारी साधनको प्रयोगले नागरिकको सुरक्षा र सेवा प्रवाहमा थप सहजता आउने बताए। ललितपुर महानगरपालिकाले यसअघि पनि प्रहरी प्रशासनलाई विभिन्न भौतिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर