नेभिगेसन मेनु

रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
सम्पादक:南亚网络电视
समय:2026-03-06 21:33

 

 EE201AF6-63CD-415C-8621-AB0DC2B1DAA8

काठमाडौँ, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा उहाँले १० हजार २४० मत प्राप्त गरी विजयी हुनुभएको हो ।  

सो निर्वाचन क्षेत्रमा खसेको १९ हजार १८८ मत गणना गर्दा संयोजक दाहालले आफ्ना निकटतम प्रतिद्वन्दीलाई ६ हजार ७७८ मतले पछि पार्नुभयो । निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत र नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिनुभयो।

रुकुम पूर्वमा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो । रासस

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर