नेभिगेसन मेनु

रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान
सम्पादक:南亚网络电视
समय:2026-03-05 12:03

 

 17C8A69B-3D63-4B9C-BAED-0B6F442B3FAE

काठमाडौँ,  फागुन २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गर्नुभएकोे छ ।

मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गर्नुभयो ।  अध्यक्ष लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।

यसैगरी, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका–९ तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ ।काठमाडौँ महानगरका पूर्वप्रमुख शाह झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार हुनुहुन्छ ।  रासस

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर