नेभिगेसन मेनु

नयाँ अनुहारबिच प्रतिस्पर्धा
सम्पादक:南亚网络电视
समय:2026-02-06 14:14

 

 3455

काठमाडौँ, माघ २३ गते । विगतका निर्वाचनमा उम्मेदवार दोहोरिएको कैलाली–५ मा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नयाँ अनुहारबिच प्रतिस्पर्धा हुँदै छ । 

विगतमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले आलोपालो गरी जित निकालेको यो क्षेत्रमा प्रायः सबै दलले नयाँलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएका हुन् । कांग्रेसले नरनारायण शाह (मनु), एमालेले यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीले पूर्वमन्त्री प्रेम आले, राष्ट्रिय स्वतन्त्र पार्टीले आनन्दबहादुर चन्दलाई चुनावी मैदानमा उतारेका छन् । 

यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार प्यारेलाल रानासहित विभिन्न दलका गरी जम्मा १५ उम्मेदवार रहे पनि मुख्य चार राजनीतिक दलबिच प्रतिस्पर्धा हुने मतदाताको आकलन छ । शाह, ढुङ्गाना र चन्द पहिलो पटक प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रतिस्पर्धामा हुनुहुन्छ भने आले यसअघि डोटीबाट निर्वाचित हुनुभएको थियो । 

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डा. आरजु राणा देउवालाई पाँच हजार मतान्तरले पराजित गरी यो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार नारदमुनि राना विजयी हुनुभएको थियो । रानालाई २७ हजार २०२ र राणालाई २२ हजार ३२२ मत मिलेको थियो ।  

२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा भने अघिल्लो निर्वाचनमा जितेका एमालेका रानालाई पराजित गरी नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित हुनुभयो । पन्तको पक्षमा २१ हजार ३९२ मत आउँदा रानाले २० हजार ३१८ मत पाउनुभयो । एक हजार ७४ मतले पराजित रानालाई यस पटक पनि उम्मेदवारीका लागि सिफारिस गरिएको थियो तर एमालेले नयाँ अनुहारलाई मौका दियो । २०७९ को स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर ५ मा पर्ने धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले जित प्राप्त गर्नुभएको थियो । उपमेयरमा भने नेकपा (एमाले) का कन्दकला रानाले जित्नु्भयो ।  

क्षेत्र नम्बर ५ मा रानाथारू समुदायको मत निर्णायक मानिन्छ । यस पटकको निर्वाचनमा मुख्य राजनीतिक दलबाट रानाथारू समुदायका व्यक्ति उम्मेदवार नहुनु र अहिलेसम्मका निर्वाचनमा अपराजित नेपाली कम्युनिस्ट पार्टीका आले यसै क्षेत्रमा उम्मेदवार बन्नुले यस पटकको निर्वाचन अझ रोचक हुने आकलन गरिएको छ । नयाँ अनुहारका उम्मेदवार पुरानै मतदाता रिझाउन व्यस्त भएका छन् । उनीहरूले यो निर्वाचन क्षेत्रमा रहेको विभिन्न योजनालाई एजेन्डा बनाएर मत मागिरहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार शाहले नयाँ पार्टीसँग नभई पुरानै दलसँग आफ्नो प्रतिस्पर्धा हुने आकलन गर्नुभएको छ । नयाँ पुरानो दलभन्दा पनि व्यक्ति हेरेर मतदाताले मत दिने र उपयुक्त व्यक्ति आफू रहेको उहाँको विश्वास छ । 

नेकपा (एमाले) का नेता एवं प्रदेश सभा सदस्य धर्मराज पाठकले एमालेको आफ्नो सङ्गठन चुस्तदुरुस्त हुनु र कुनै पनि किसिमको विवाद नरहनुले एमाले उम्मेदवार जित्ने विश्वास गर्नुहुन्छ । उहाँले भन्नुभयो, “सबै पार्टीभित्र विवाद छ, तर हाम्रो पार्टीभित्र छैन । लोकतन्त्र, सङ्घीय गणतन्त्र, देश बनाउने मुद्दा, राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा गरिएको काम पनि एमाले उम्मेदवार जित्ने आधार हो ।” अघिल्ला तीन निर्वाचनमा अपराजित आले पनि आफूले गरेको कामलाई मूल्याङ्कन गरेर जनताले भोट दिने र जिताउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विमानस्थल, अस्पताल स्तरोन्नतिलगायतलाई एजेन्डा बनाएर भोट मागिरहनुभएको छ । 

गते । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने भन्दै रकम ठगी गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पञ्चखाल नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने ३५ वर्षीय रुपेश लामिछाने रहेका छन् । उनले अस्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट नौ लाख रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै धादिङको खनियाबास गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३५ वर्षीय हीरा तामाङ पक्राउ परेका छन् । उनले स्लोभाकिया पठाइदिने भन्दै एक जनाबाट आठ लाख ५० हजार रुपियाँ ठगी गरेको आरोप रहेको छ ।

दुवै जनालाई सम्बन्धित स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर