नेभिगेसन मेनु

चौथो चीन-नेपाल मिडिया शिखर सम्मेलन काठमाडौंमा सम्पन्न, हिमालय क्षेत्रीय मिडिया सहकार्यलाई बढावा
सम्पादक:南亚网络电视
समय:2025-12-19 20:46

 

 ScreenShot_2025-12-19_141819_983

एसएटिभी, काठमाडौं, पौष ४ गते— चीन र नेपालबीच कूटनीतिक सम्बन्धको ऐतिहासिक ७०औं वर्षगाँठको अवसरमा, "ट्रान्स-हिमालयन मिडिया कोअर्डिनेसन एलायन्स फर पब्लिक बेनिफिट" सम्मेलनसहितको चौथो चीन-नेपाल मिडिया शिखर सम्मेलन पौष ३ गते काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। "सात दशकको सहयात्रा,भविष्य निर्माणमा सञ्चारको भूमिका मुल नाराका साथ आयोजित यस शिखर सम्मेलनमा दुवै देशका सरकार, मिडिया, शिक्षा, व्यवसाय र प्रवासी चिनियाँ समुदायका प्रतिनिधिहरू एकत्रित भएर मैत्रीपूर्ण आदानप्रदानका उपलब्धिहरू समिक्षा गरे।

IMG_1606

यस शिखर सम्मेलन दक्षिण एसिया नेटवर्क टिभी र प्लेटफर्म अफ पोताला म्यागजिनद्वारा आयोजित गरिएको थियो। नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर चु फङ्ग, चीनका लागी पर्व नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा नेपाल-चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठ लगायत विशिष्ट अतिथिहरूको उपस्थित थियो।

ScreenShot_2025-12-19_141518_270

नेपालका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखि मैत्रीपूर्ण छिमेकी हुँदै आएको बताए। शिखर सम्मेलनमा मन्त्री खरेलले नेपालले एक-चीन सिद्धान्तमा आफ्नो प्रतिबद्धता रहेको व्यक्त गरे। उनले चीनले नेपालको आधारभूत संरचना विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको र आर्थिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति र सांस्कृतिक सम्पदा संरक्षणमा पनि नेपालको प्रगतिमा सहयोग गरेको बताउँदै चिनियाँ सरकार र जनतालाई आभार व्यक्त गरे।

ScreenShot_2025-12-19_141440_215

नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर चु फङ्गले चीन-नेपाल कूटनीतिक सम्बन्धको ७० वर्षमा राजनीतिक आपसी विश्वास गहिरिएको, आर्थिक, व्यापारिक र सांस्कृतिक आदानप्रदान उल्लेखनीय भएको बताए। उनले दुवै पक्षले यो शिखर सम्मेलन र सम्बन्धित सहकार्यलाई अवसरको रूपमा लिई सामग्री सह-सिर्जना र मानवशक्ति आदानप्रदानलाई गहिराउने, सञ्चारमा रहेको शक्तिलाई क्षेत्रीय टिकाउ विकास र जनजीवन सुधारको प्रेरक शक्तिमा परिणत गर्ने आशा व्यक्त गरे।

ScreenShot_2025-12-19_141331_083

दक्षिण एसिया नेटवर्क टिभीकी प्रमुख कार्यकारी अधिकृत रमिला गौतमले शिखर सम्मेलनले "हिमालय क्षेत्रीय मिडिया सार्वजनिक हित सहकार्य गठबन्धन" स्थापनाको प्रस्ताव गरेको जानकारी दिइन्, जसको उद्देश्य क्षेत्रीय मिडियाहरूलाई परम्परागत समाचार प्रसारणभन्दा बाहिर लैजाँदै संस्कृति संरक्षण र पारिस्थितिक सार्वजनिक हित जस्ता क्षेत्रहरूमा व्यावहारिक सहकार्यमा संलग्न हुन प्रोत्साहित गर्नु हो।

ScreenShot_2025-12-19_141717_509

नेपाल प्रवासी चिनियाँ सङ्घका अध्यक्ष चिन स्याओ तोङले मिडियाहरूले साधारण मानिसहरूको कथामा धेरै केन्द्रित हुनुपर्ने सुझाव दिँदै जीवन्त व्यक्तिगत अनुभवले क्षेत्रीय कथालाई समृद्ध बनाउने र चीन, नेपाल र क्षेत्रीय मिडियाको अन्तर्राष्ट्रिय वक्तव्य शक्ति बढाउने बताए।

ScreenShot_2025-12-19_143320_303

पोखरा प्रवासी चिनियाँ सङ्घका उपाध्यक्ष स्याङ स्याओह्वाले खुलापन र पारस्परिक लाभको संकल्पना कायम राख्दै यस शिखर सम्मेलनलाई अवसरको रूपमा लिनुपर्ने, क्यामेराबाट सहकार्यका उपलब्धिहरू रेकर्ड गर्ने, शब्दहरूबाट जनताका आकांक्षाहरू सञ्चार गर्ने, सार्वजनिक हितबाट विकासको शक्ति एकत्रित गर्ने र हिमालयको हिमशृङ्खलाले मिडियाको सहयोगमा चीन-नेपाल मैत्रीको अधिक टिकाउ र चम्किलो चमक साक्षी बन्ने बताए।

ScreenShot_2025-12-19_141601_827

विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा नेपाल-चीन मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाल-चीन मिडिया फोरमद्वारा प्रकाशित चिन नेपाल सुमधुर सम्बन्धका ७० वर्ष पुस्तकको उल्लेख गर्दै यसको सन्देश स्पष्ट र शक्तिशाली रहेको बताए: जब मिडिया सार्वजनिक हितको लागि कार्य गर्दछ, साना कार्यहरू निकै प्रभावकारी हुन्छन्—कथाहरू संरक्षक बन्छन्, ज्ञान सशक्तिकरणको साधन बन्छ र सहकार्यले निरन्तरता सुनिश्चित गर्छ। उहाँले सबै पक्षलाई संयम, बुद्धि र जिम्मेवारीका साथ कार्य गरी मानवता र प्रकृतिबीच सामंजस्य कायम गर्ने र क्षेत्रको साझा भविष्य निर्माण गर्न मिडियाको भूमिका महत्त्वपूर्ण रहेको जनाए।

ScreenShot_2025-12-19_142241_960

शिखर सम्मेलनले धेरै व्यावहारिक नतिजाहरू साध्य गर्यो, जसले चीन-नेपाल सहकार्य सङ्गठनात्मक र परियोजनागत नयाँ चरणमा प्रवेश गरेको संकेत गर्दछ। मुख्य उपलब्धिहरूमा "हिमालय पार मिडिया सहकार्य गठबन्धन" र चीन–नेपाल उद्योग नवप्रवर्तन केन्द्र” को औपचारिक उद्घाटन रहेको थियो, जसले द्विपक्षीय विज्ञान-प्रविधि उपलब्धि रूपान्तरण र उद्योग श्रृंखला सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राख्छ।

ScreenShot_2025-12-19_142617_948

कार्यक्रममा चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको मित्रता र शुभकामनालाई भावपूर्ण रूपमा विशेष कविता प्रस्तुत गरिएको थियो भने काठमाडौं विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको शिक्षण केन्द्र खोपा माध्यमिक विद्यालयका विद्यार्थीहरूले नेपाली पारम्परिक बाजाहरू प्रयोग गरी चिनियाँ र नेवारी गीतको मिश्रण प्रस्तुती प्रस्तुत गरेको थियो।
कार्यक्रममा दक्षिण एसिया नेटवर्क टिभीले चीन-नेपाल कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठको अवसरमा चीनको गरिबी निवारण विषयक टेलीश्रृंखला मिननिङ गाउँको नेपाली संस्करण कान्तिपुर टेलिभिजनमा हरेक विहिवार, शुक्रवार र शनिवार राती ९ बजे प्रसारण भइ रहेको पनि जानकारी दिए।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर