नेभिगेसन मेनु

विवाह गर्न भनेर एक महिनाअघि घरबाट भागेका दैलेखका किशोर–किशोरी मृत फेला
सम्पादक:南亚网络电视
समय:2026-01-01 16:14

 

 untitled-1_t8nrcWcTjr

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ भैरवस्थानस्थित पर्यटकीय स्थल सहिद पार्क नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका किशोर–किशोरीको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी प्रवक्ता श्याम प्रकाश यादवका अनुसार, मृत भेटिनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–२, टम्टाल्लाका १७ वर्षीय सुरेन्द्र थापा र चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ की १९ वर्षीया सुनिता भण्डारी रहेका छन् ।

उनीहरू दुवै जना बुधबार बिहान एकै ठाउँमा मृत भेटिएका थिए । बिहान मर्निङ वाकमा गएका व्यक्तिहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेलगत्तै आफन्तहरू समेत त्यहाँ पुगेर शवको पहिचान भएको प्रवक्ता यादवले बताए ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरू करिब एक महिनाअघि भागेर विवाह गरेका थिए । तर सामाजिक परम्पराअनुसार भने विवाह नभएको खुल्न आएको छ ।

पारिवारिक स्रोतका अनुसार, सुरेन्द्रले सुनितालाई भगाएर एक महिनाअघि आफ्नो घर लिएका थिए । तर, लगत्तै उनीहरु सुर्खेत आएर वीरेन्द्रनगरको चिसापानीमा कोठा भाडामा लिएर बस्थे ।

उनीहरु प्रेम सम्बन्धमा रहेकाले नै भागेर विवाह गर्न खाजेको बुझिन्छ । 

घटनाबारे ठोस तथ्य अझै फेला नपरेको यादव बताउँछन् । उनीहरूको शव पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा पठाइएको छ । 

प्रवक्ता यादवका अनुसार घटनास्थलको अवस्था हेर्दा प्रारम्भिक रूपमा आत्महत्याकै शंका भए पनि थप विस्तृत विवरण पोस्टमार्टमकै रिपोर्टपछि मात्र खुल्ने छ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर