नेभिगेसन मेनु

निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि
सम्पादक:南亚网络电视
समय:2026-03-06 17:18

 

 41D1336A-CEAA-4800-B22A-01149A8373DE

काठमाडौँ, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका ९४ निर्वाचन क्षेत्रमा आज दिउँसो २ बजेसम्म रास्वपाका ७० स्थानमा, नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी छ–छ स्थानमा अगाडि छन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र श्रम संस्कृति पार्टी तथा स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा अगाडि छन् । यसैगरी हालसम्म रास्वपा र कांग्रेसका एक र एक जना उम्मेदवार विजयी भएका छन् । रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौँ क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी हुनुभएको छ ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर