नेभिगेसन मेनु

द्वन्द्व, प्रेम र विश्वासघात ‘ओ रोमियो’
सम्पादक:南亚网络电视
समय:2026-03-05 12:11

 

 D953BE38-35CD-4D5A-BAF3-813FF0F45084

काठमाडौँ, फागुन २१ गते । हिन्दी चलचित्र ‘ओ रोमियो’ अभिनेता शाहिद कपुर र निर्देशक विशाल भारद्वाजको चौथो चलचित्र हो । अघिल्ला तीन चलचित्र ‘कमिने’, ‘रङ्गुन’, र ‘हैदर’ ले आलोचनात्मक प्रशंसा पाएको थियो । ‘ओ रोमियो’ को कथा भने माफिया क्विन्स अफ मुम्बईको घटनामा आधारित छ । 

चलचित्रले द्वन्द्व, प्रेम, विश्वासघात र बदलाको भावना उजागर गर्छ । चलचित्र १९९५ को मुम्बई कथामा रहेर छायाङ्कन गरिएको छ, जहाँ उस्तारा (शाहिद कपुर) खुफिया ब्युरो अधिकारी खान (नाना पाटेकर) का लागि काम गर्नुहुन्छ । खानले गुन्डालाई मार्न उस्तारालाई पैसा दिएर प्रयोग गरिरहेका हुन्छन् । उस्तारा खानको आदेश पालना गर्दै अघि बढेका हुन्छन् । खानले एक पटक आफूलाई जलाल (अविनाश तिवारी) जस्ता भयानक गुन्डाबाट बचाएको गुन तिर्न पनि उस्तारा उनको आदेश पालन गरिरहेका हुन्छन् । 

उस्तारा आफ्नी हजुरआमा (फरिदा जलाल) र उनका साथीहरूसँग क्रुजमा बस्छन् । तीमध्ये छोटु (हुसेन दलाल) उनको सबैभन्दा मिल्ने साथी हुन् । जुली (दिशा पटानी), उस्ताराको प्रेमिका हुन्छिन् तर अचानक उस्तारालाई अफसा (तृप्ति डिमरी) सँग मायाप्रेम बस्छ र चलचित्र कथाले अर्कै मोड लिन्छ । उस्तारा र अफसाको मायाप्रेम र अफसाले आफ्नो पतिको हत्यारालाई कसरी मार्ने तरिका अपनाउँछिन् भन्ने कुरामा चलचित्र टिकेको छ ।  

चलचित्रको कथा साधारण प्रेमकथा मात्र होइन; यसले प्रेम, लोभ र बदलाको विषयवस्तुलाई गहिरो रूपमा चित्रण गर्छ । आफ्नो श्रीमान् (विक्रान्त मेस्सी) को मृत्युपछि, अफसाले आफ्ना हत्याराको सामना गर्न उस्तारासँग मद्दत माग्छिन् । के उनले अफसालाई मद्दत गर्छन् त ? 

शाहिदलाई हुसेन उस्ताराको भूमिका सुहाएको छ । हिंसा र धम्की जस्ता कुरामा उहाँको संवाद जमेको छ । नायिका तृप्तिको अफसाको भूमिका तारिफयोग्य छ । नानापाटेकर र अविनाश तिवारीको काम प्रशंसनीय छ । अन्य कलाकार विक्रान्त मेस्सी, दिशा पटानी, तमन्ना भाटिया, फरिीदा जलाल र अरुणा इरानी जस्ता अनुभवी कलाकारको भूमिकालाई हामीले बिर्सन हुन्न । विशाल भारद्वाजको निर्देशन र पटकथा चलचित्रको सबैभन्दा राम्रो पक्ष हो ।  चलचित्रको संवादले उहाँको विशिष्ट शैलीलाई प्रतिविम्बित गर्छ र पृष्ठभूमिमा बजेका सङ्गीत कथासँग राम्रोसँग मिसिएका छन् । यद्यपि, चलचित्रको तीन घण्टाको लम्बाइले लामो र ढिलो महसुस गराउँछ । स्पेनमा छायाङ्कन गरिएका दृश्य आश्चर्यजनक र दृश्यात्मक रूपमा आकर्षक छन् तर नाटकीय तत्वहरू अलि कमजोर देखिन्छन् । चलचित्र मनोरञ्जनात्मक बनेको छ जसले मायाप्रेम र घृणालाई सन्तुलित तरिकाले प्रस्तुत गर्ने प्रयास गर्छ । शाहिदको अभिनय र विशालको निर्देशन बलियो छ तर पटकथाको लम्बाइ चलचित्रलाई केही कमजोर भएको महसुस गराउँछ ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर