नेभिगेसन मेनु

फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने म्याक्रोनको घोषणा
सम्पादक:南亚网络电视
समय:2025-07-25 11:35


macron

एस् ए टी भी ९ श्रावण २०८२, काठमाडौंः फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा घोषणा गर्दै फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिने बताएका छन्। ‘मध्यपूर्वमा न्यायपूर्ण र दीर्घकालीन शान्तिप्रति आफ्नो ऐतिहासिक प्रतिबद्धतामा दृढ रहँदै, मैले निर्णय गरेको छु कि फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिनेछ,’ म्याक्रोनले सामाजिक संजाल एक्स  मा लेखेका छन्।  

उनले गाजाका बासिन्दाहरूका लागि मानवीय सहायता पहुँच, सबै बन्धकहरूको मुक्तिसहित तुरुन्त युद्धविरामको आह्वान पनि दोहाराए।‘गाजामा युद्ध अन्त्य गर्नु र त्यहाँको नागरिक जनसंख्यालाई उद्धार गर्नु अहिलेको सबैभन्दा जरुरी आवश्यकता हो,’ उनले भने, हामीले प्यालेस्टिनी राज्य निर्माण गर्नुपर्छ, त्यसको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्नुपर्छ, र यसले आफ्नो निशस्त्रीकरण स्वीकार गर्दै तथा इजरायललाई पूर्णरूपमा मान्यता दिँदै, मध्यपूर्वमा सबैका लागि सुरक्षा सुनिश्चित गर्न योगदान गर्नुपर्छ। विकल्प अरू केही छैन।’

फ्रान्सका विदेशमन्त्री जिन नोएल बारोटले जानकारी दिए अनुसार,यरूशलेमस्थित फ्रान्सीसी महावाणिज्यदूतले प्यालेस्टिनी प्राधिकरणलाई म्याक्रोनको पत्रहस्तान्तरण गरेका छन्। यसै सन्दर्भमा, उनले सोमबार संयुक्त राष्ट्रसंघमा फ्रान्सको प्रतिबद्धता पुष्टि गर्नेछन्। 

प्यालेस्टिनी प्राधिकरणका उपाध्यक्ष हुसेन अल शेखले एक्समा पोष्ट गर्दै, म्याक्रोनले राष्ट्रपति महमूद अब्बासलाई पठाएको पत्रप्रति धन्यवाद व्यक्त गरेका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर