नेभिगेसन मेनु

चीनमा कति छन् इन्टरनेट प्रयोगकर्ता?
सम्पादक:南亚网络电视
समय:2025-07-22 11:53


china internet

एस् ए टी भी ६ साउन २०८२, काठमाण्डौंः चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी) ले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा धेरै इन्टरनेट प्रयोगकर्ता थिए।

सन् २०२५ जुनसम्ममा चीनमा इन्टरनेट पहुँच ७९.७ प्रतिशत पुगेको छ। यो सन् २०२४ डिसेम्बरको तुलनामा १.१ प्रतिशत विन्दुले बढेको हो।

प्रतिवेदनअनुसार १४औँ पञ्चवर्षीय योजना अवधि (२०२१–२०२५) मा चीनले इन्टरनेट विकासमा उल्लेखनीय प्रगति गरेको छ। विशेष गरी, इन्टरनेटलाई थप समावेशी बनाउने प्रयासले वृद्ध र ग्रामीण बासिन्दा जस्ता प्रमुख समूहलाई यस प्रगतिको फाइदामा साझेदारी गर्न दिएको छ।

सन् २०२५ जुनसम्ममा चीनमा ६० वर्ष वा त्योभन्दा माथिका १६ करोड १० लाख इन्टरनेट प्रयोगकर्ता थिए र ३२ करोड २० लाख ग्रामीण क्षेत्रमा बस्थे। यी समूहमा इन्टरनेट पहुँच क्रमशः ५२ प्रतिशत र ६९.२ प्रतिशत पुगेको छ।

यसैबीच, चीनमा इन्टरनेटको निरन्तर विकासले चिनियाँ संस्कृतिलाई घरेलु र अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। चिनियाँ अनलाइन साहित्य र खेलको बढ्दो निर्यातका साथसाथै लोकप्रिय वेब सिरिज र सम्बन्धित पर्यटन गन्तव्य बीचको बढ्दो तालमेलको उदाहरण दिँदै प्रतिवेदनमा भनिएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर