नेभिगेसन मेनु

चीनसँग दुर्लभ खनिजको सम्झौता पूरा: ट्रम्प
सम्पादक:南亚网络电视
समय:2025-06-12 11:33


xi and trump

एस् ए टी भी २९ जेठ, काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी र चिनियाँ अधिकारीहरूबीच तनाव कम गर्न गरिएको वार्ता सफल भएको भन्दै ‘सम्झौता सम्पन्न’ भएको घोषणा गरेका छन्। उनका अनुसार चीनले अमेरिकी कम्पनीहरूलाई चुम्बक र दुर्लभ खनिजहरूको आपूर्ति गर्न सहमति जनाएको छ भने अमेरिकाले चिनियाँविद्यार्थीहरूका भिसा रद्द गर्ने धम्की फिर्ता लिने भएको छ।

'चीनसँगको हाम्रो सम्झौता सम्पन्न भइसकेको छ, राष्ट्रपति सी र मबाट अन्तिम अनुमोदन हुन बाँकी छ,' ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।

यो सहमति लण्डनमा दुई दिनसम्म चलेको तीव्र वार्तापछि आएको हो, जुन गत मे महिनामा दुवै देशबीचको भन्सार दरको युद्धपछिको अस्थायी युद्धविरामसँग जोडिएको थियो।

यद्यपि, ट्रम्पको घोषणाले अमेरिकाको भन्सार रणनीतिले द्रुत रूपमा फलदायी सम्झौता ल्याउन सक्छ कि सक्दैन भन्ने प्रश्न उब्जाएको छ।

बिहीबार बोल्दै राष्ट्रपति ट्रम्पले भने, ‘म अर्को एक–दुई हप्तामा विभिन्न देशहरूसँगको व्यापारमा एकतर्फी भन्सार दर तय गर्नेछु।’

ट्रम्पले जुलाई ९ अघि नयाँ व्यापार सम्झौताका शर्तहरू उल्लेख गर्दै पत्रहरू पठाउने बताए, जुन म्यादपछि उच्च भन्सार दर फेरि लागू हुने भनिएको छ।

अर्कोतर्फ, अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले भने, 'केही कडा भन्सार शुल्कलाई अस्थायी रूपमा स्थगनमा राख्ने तयारी भइरहेको बताए, ताकि अन्य देशहरूसँग व्यापार वार्ता अघि बढ्न सकोस्।'

चीनसँगको नयाँ सम्झौता कस्तो छ भन्ने विवरण धेरै खुलाइएको छैन। ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले वार्ता प्रारम्भ गर्न गत साता फोनमा कुरा गरेका थिए।

चिनियाँ उपवाणिज्य मन्त्री ली चेङगाङले भने, '५ जुनको फोन वार्ता र जेनेभामा भएको बैठकमा दुई राष्ट्राध्यक्षबीच भएको सहमति कार्यान्वयन गर्नका लागि ढाँचा तयार भएको छ।'

अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले पनि सहमति कार्यान्वयनका लागि ढाँचा तय भएको र राष्ट्रपतिहरूले अनुमोदन गरेपछि काम सुरु हुने बताए।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर