नेभिगेसन मेनु

मस्कले नै उठाए ट्रम्प नीतिविरुद्ध आवाज : कर विधेयक घिनलाग्दो भएको प्रतिक्रिया
सम्पादक:南亚网络电视
समय:2025-06-04 12:47


musk

एस् ए टी भी २१ जेठ, काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिमा एलन मस्कले आवाज उठाएका छन्। निर्वाचन अभियानदेखि केही दिन अघिसम्म निकट सहयोगी रहेका अर्बपति मस्क नै अहिले ट्रम्पको विरुद्धमा आवाज उठाउन थालेका हुन्।

राष्ट्रपति ट्रम्पको कर र खर्चका लागि प्रस्तुत गरेको विधेयकलाई मस्कले घिनलाग्दो र घृणित कामको संज्ञा दिएका छन्।

सो ऐनमा धेरै ट्रिलियन कर छुट तथा खर्चको अधिकार दिइएको छ। रक्षाका धेरै खर्च गर्न छुट दिइएको छ भने सरकारले धेरै रकम माग्न पनि सक्छ। मे महिनामा यो विधेयक पारित भएको हो। मस्कले सामाजिक सञ्जालमा लेख्दै यसमा मतदान गर्न पनि शरम लाग्नु पर्ने कुरा उल्लेख गरेका छन्।

१२९ दिन डोगको रूपमा खर्च कटौती निकायमा रहेका उनले गत साता ट्रम्प प्रशासन छाडेका थिए। ट्रम्प प्रशासन छाडेपछि उनले पहिलो पटक यसरी आलोचना गरेका हुन्।

मे ३१ मा ट्रम्प प्रशासनबाट बिदा भएका दक्षिण अफ्रिकामा जन्मिएका बिलियिनर मस्कले राम्रो काममा भने सधैँ साथ दिने बताएका थिए।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर