एस् ए टी भी २४ जेठ, काठमाडौंः चिनियाँ राष्ट्रपति सी चिनफिङसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन वार्ता गरेका छन्।
९० मिनेट लामो फोन वार्तामा दुवै राष्ट्रपतिले एक अर्कालाई आमन्त्रण गरेका छन्। ट्रम्पले यो वार्ता अमेरिका र चीनको कटुता हटाउन महत्त्वपूर्ण रहेको बताए। उनले वार्ताले दुई देशको कटुता हट्ने अपेक्षा गरेका हुन्।
ट्रम्पले सामाजिक सञ्जालमा वार्ता सुमधुर रहेको बताए। ट्रम्पले अन्य विश्वव्यापी विषयलाई छाडेर व्यापारको विषयमा नै फोन वार्ता केन्द्रित रहेको उल्लेख गरे।
चिनियाँ विदेश मन्त्रालयले दुवै देशको ‘विन विन’ अवस्था हुने गरी सहमति गर्ने विषयमा वार्ता केन्द्रित भएको बताएको छ। वार्तामा सीले ट्रम्पसँग दुई देशको सम्बन्धमा रहेको खाडल हटाउन आवश्यक रहेकोमा जोड दिएका छन्।