नेभिगेसन मेनु

युक्रेनको राजधानी किभमा रुसी हवाई आक्रमण, कम्तीमा दुईको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-06-11 11:55

 

 

  1147

एस् ए टी भी २८ जेठ, काठमाडौंः रुसले युक्रेनको राजधानीमा हवाई आक्रमण गरेको छ । किभको दक्षिणी सहर ओडेसास्थित एक प्रसूतिगृहमा भएको आक्रमणमा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले रुस-युक्रेन लडाइँ सुरु भएको तीन वर्षयताकै सबैभन्दा ठूलो हवाई आक्रमण भएको उल्लेख गरेका छन् । रुसी आक्रमणबाट किभका १० मध्ये सात जिल्ला प्रभावित भएका छन् ।

युक्रेनले आर्कटिक र साइबेरियासहितका चारवटा एयरफिल्डमा रहेका ४१ रुसी सेनाका विमान ध्वस्त पारेको घटनाको बदलामा यो आक्रमण भएको रोयटर्सले उल्लेख गरेको छ । युक्रेनी हवाई सेनाले रुसले ३१५ ड्रोन आक्रमण गरेको र त्यसमध्ये २७७ वटा खसालेको दाबी गरेको छ । रुसी आक्रमण झन्डै पाँच घण्टासम्म च       लेको बताइएको छ ।

राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आक्रमणलाई किभमाथि भएको पछिल्लो ठूलो आक्रमण भएको बताउँदै भनेका छन्, 'रुसी मिसाइल र ड्रोन आक्रमणले अमेरिकासहित विश्वका अन्य देशले चालेको शान्तिको प्रयासलाई बिथोल्ने प्रयास गरेको छ ।'

    रुसी सैन्य बेसमा युक्रेनको ड्रोन आक्रमण, ४१ रुसी सेनाका विमान ध्वस्त पारेको दाबी

किभमा मंगलबार बिहानको सुरुवात नै ठूला विस्फोटहरुबाट भएको थियो । रोयटर्सले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै आकाशमा भएका विस्फोटले उज्यालो देखिएको थियो भने एकैछिनमा सहरमा गाढा धुँवा फैलिएको उल्लेख गरेको छ ।

मस्को र किभ पछिल्लो समय दुई चरणको वार्तामा बसे पनि युद्ध अन्त्यको प्रयासमा उल्लेख्य प्रगति भएको छैन । तुर्किएको राजधानी इस्तानबुलमा भएको पछिल्लो वार्ता युद्धबन्दी साटासाट गर्ने विषयमा मात्रै केन्द्रित भएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर