नेभिगेसन मेनु

अस्पताल भर्ना भएका पोपको अवस्था स्थिर : भ्याटिकन
सम्पादक:南亚网络电视
समय:2025-03-04 12:54

pope

एस् ए टी भी २० फाल्गुन, काठमाडौँ: पोप फ्रान्सिसको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी भ्याटिकनले दिएको छ । अर्जेन्टिनामा जन्मिएका क्याथोलिक चर्चका प्रमुख पोपलाई ‘ब्रोन्काइटिस’ का कारण फेब्रुअरी १४ मा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनलाई निमोनियासमेत देखिएको थियो । फोक्सोमा गम्भीर प्रकारको संक्रमण देखिएपछि उनलाई श्वासप्रश्वासका लागि अक्सिजनको सहायता आवश्यक परिरहेको छ ।

शनिबारदेखि उनको अवस्था ‘स्थिर’ रहेको भ्याटिकनले बताएको छ । ‘पोपले रातभर आराम गर्नुभयो,’ क्याथोलिक चर्च र भ्याटिकन सिटीको प्रशासनिक निकाय (होली सी) ले सोमबार बिहान जारी गरेको संक्षिप्त अपडेटमा भनिएको छ । विश्वका करिब १ अर्ब ४० करोड क्याथोलिक धर्मावलम्बीका नेतालाई शुक्रबार र शनिबार ‘नन इन्भेसिभ मेकानिकल भेन्टिलेसन’ अर्थात् भेन्टिलेसन मास्कको आवश्यकता परेको र अझै पनि धेरै मात्रामा अक्सिजन लिइरहेको भ्याटिकनले आइतबार जनाएको थियो ।

फ्रान्सिसले आइतबार भ्याटिकनका विदेशमन्त्री इटालियन कार्डिनल पिएत्रो पारोलिन र भेनेजुएलाका आर्कबिसप एडगर पेना पारासँग सामान्य कुराकानी गरेका थिए ।

२०१३ मार्चदेखि पोप रहेका ‘जेसुइट’ को जेमेलीको १० औं तल्लामा पोपका लागि छुट्याइएको विशेष ‘सुइट’ मा उपचार भइरहेको छ । जर्ज बर्गोग्लियोमा जन्मेका फ्रान्सिसले लगातार तेस्रो आइतबार एन्जेलसको परम्परागत प्रार्थनामा सहभागी हुन सकेनन् तर प्रार्थनामा पोपद्वारा लिखित सन्देश पढेर सुनाइएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर