नेभिगेसन मेनु

अमेरिकाको अलास्कामा १० जना बोकेको विमान बेपत्ता
सम्पादक:南亚网络电视
समय:2025-02-07 17:09

plane haraako

एस् ए टी भी २५ माघ, काठमाडौंः अमेरिकाको अलास्का राज्यमा १० जना बोकेको सानो विमान बेपत्ता भएको छ। बेरिङ एयरको सो विमान उनालाक्लिटबाट नोमतर्फ गइरहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।

स्थानीय समय अनुसार बिहीबार साँझ ४ बजे नौ यात्रु र एक पाइलटसहित उडेको उक्त जहाज बेपत्ता भएको स्टेट प्रहरी एजेन्सीले अत्यावश्यक सूचनाबाट जनाएको छ।

अहिले विमानस्थल खोजीको काम चलिरहेको बताइएको छ। जसका लागि अमेरिका समुद्रतट रक्षक र वायु सेना परिचालन भएको छ। 

बिहीबार साँझसम्म नोम विमानस्थल वरिपरि हल्का हिउँ र चिसो वर्षा भइरहेको  जनाइएको छ। यस्तै रातभरि ३५ माइल प्रति घण्टासम्म हावा चल्ने पूर्वानुमान गरिएको थियो। 

यस कारण विमान दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ। अलास्का अमेरिकाको उत्तर पश्चिम क्षेत्रमा पर्ने राज्य हो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर