नेभिगेसन मेनु

शनिबारसम्म सबै बन्धक रिहा नभए गाजा युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी
सम्पादक:南亚网络电视
समय:2025-02-11 11:34

gaja ceasefire

एस् ए टी भी २९ माघ, काठमाडौँः हमासले गाजाबाट इजरायली बन्धकहरूलाई रिहा गर्न रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन्।

ट्रम्पले हमासले शनिबारसम्म सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताएका छन्। ट्रम्पले गाजा युद्धविराम सम्झौताको भविष्यका लागि हमासलाई समयसीमा दिएका हुन्।

'जहाँसम्म मेरो चिन्ता छ, यदि शनिबार १२ बजेसम्म सबै बन्धकहरूलाई रिहा नगरिएमा, म यसलाई (सम्झौता) रद्द गर्न भन्छु,' उनले ओभल अफिसमा भने, 'अब सबै सडकहरू बन्द गर्नुपर्छ। अब विनाश मच्चाउपर्छ। मलाई लाग्छ यो पर्याप्त समय हो।'

ट्रम्पले शनिबार दिउँसो १२ बजे वा मध्यरात १२ बजेको बारेमा कुरा गरे भन्ने कुरा अझै स्पष्ट भएको छैन। उनले कुन समय क्षेत्रलाई ध्यानमा राखेर यो समयसीमा दिएको भन्ने पनि स्पष्ट भएको छैन।

ट्रम्पले सबै बन्धकहरूलाई 'टुक्रामा नभई' एकैपटक रिहा गर्ने आशा राखेको बताएका छन्।

जब बीबीसीले राष्ट्रपति ट्रम्पलाई यो नभएको खण्डमा विनाश मच्चाउने आफ्नो भनाइको अर्थ के हो भनेर सोध्यो, उनले जवाफ दिए, 'तपाईंलाई थाहा छ र उनीहरूले पनि थाहा पाउनेछन्। हमासले मैले के भन्न खोजेको थाहा हुनेछ।'

यसअघि हमासले इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाउँदै इजरायली बन्धकहरूको रिहाइ रोक्ने कुरा गरेको थियो। 

हमासले आफ्नो विज्ञप्तिमा भनेको थियो, 'विगत तीन हप्तामा हाम्रो नेतृत्वले शत्रुले बारम्बार युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखिएको छ। यी उल्लङ्घनहरूमा विस्थापित प्यालेस्टिनीहरूलाई उत्तरी गाजामा फर्काउन ढिलाइ समावेश छ।'

यसबाहेक हमासले गाजा पट्टीका धेरै क्षेत्रमा गोली चलाएको आरोप पनि लगाएको छ।

यस्‍तो खबर बाहिर आइरहँदा हमासको बन्धकमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ पनि अन्योलमा परेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर