नेभिगेसन मेनु

नेपालको रेटिङ पछि बैंकलाई विदेशी ऋणमा १.५ प्रतिशत लागत कम पर्ने
सम्पादक:南亚网络电视
समय:2024-11-22 13:33

rating-ink-1732251982

एस् ए टी भी ७ मङ्सिर, काठमाण्डौंः नेपालले पहिलो पटक मुलुकको सार्वभौम रेटिङ गरेपछि बैंकलाई विदेशी ऋणमा १.५ प्रतिशत लागत कम पर्ने अनुमान गरिएको छ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रेटिङ गरेपछि बैंकलाई विदेशी ऋणमा १.५ प्रतिशत लागत कम पर्ने अनुमान गरिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोरख समशेर जबराले बताए।

'अहिले हामीलाई ऋणदाताले ४ देखि ४.५ प्रतिशतसम्म जोखिम बापत प्रिमियम जोडिरहेका थिए। अब रेटिङ भएपछि १.५ प्रतिशतसम्म कम लागत पर्न सक्छ,' जबराले भने।

स्ट्याण्डर्ड चार्टर्ड बैंक यो रेटिङको सल्लाहकार समेत हो। नेपालको रेटिङ अन्तराष्ट्रिय रेटिङ एजेन्सी फिट्च रेटिङले गरेको हो। नेपालले बीबी माइनस रेटिङ पाएको छ। 

रेटिङ अनुसार दक्षिण एसियाली मुलुकमा भारत बाहेक नेपाल अब्बल देखिएको छ।

अहिलेसम्म नेपालको रेटिङ नभएकोले सबैभन्दा कमजोर रेटिङ सीसीसी मानेर ऋणदाताले बढी प्रिमियम लिने गरेको बैंकहरू बताउँछन्।

विदेशबाट ऋण ल्याउन, वैदेशिक लगानी ल्याउन यसले सहयोग पुग्ने मानिएको छ।

सार्वभौम क्रेडिट रेटिङलाई विश्वका लगानीकर्ता तथा वित्तीय सेवा प्रदान गर्ने निकायले कुनै पनि मुलुकको लगानीको वातावरण मुल्यांकनको आधारको रुपमा लिने गर्दछन्।

यसले मुलकको अर्थतन्त्रको संरचना र अवस्थालाई स्वतन्त्र विज्ञको आँखाबाट मूल्यांकन गरी यथार्थ अवस्थालाई विश्वभरका लगानीकर्ता समक्ष पुर्‍याउने गर्दछ। यस अर्थमा सार्वभौम क्रेडिट रेटिङलाई मुलुकले आफ्नो अर्थतन्त्रलाई विश्वसामु खुलारूपमा मुल्यांकन गराई पारदर्शिता कायम गरेको रूपमा समेत लिन सकिन्छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर