नेभिगेसन मेनु

वीरगन्जबाट २५ प्रतिशतले घट्यो पेट्रोलियम पदार्थको आयात
सम्पादक:南亚网络电视
समय:2024-10-23 15:30

4976a4ae-fba4-4d54-9f74-fc7b38f111ca23102024081148.jpg

वीरगन्ज– मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगन्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ। यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रूपमा वीरगन्ज चिनिन्छ। यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ६६ लाख ८० हजार बराबरको एक लाख ३५ हजार ५१८ किलोलिटर हाइस्पिड डिजेल आयात भएको छ।

भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानेका अनुसार गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा हाइस्पिड डिजेलको आयात २५.३३ प्रतिशतले घटेको छ। डिजेल आयात घटेसँगै राजस्व संकलन पनि २७.४३ प्रतिशतले घटेको छ।

मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत हाइस्पिड डिजेल पाइपलाइनबाट आयात हुने गरेको छभने पेट्रोल ट्यांकरबाट नै ल्याउने गरिन्छ।

अमलेखगन्जस्थित नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यका अनुसार पूर्वाधार तथा विकास निर्माणका गतिविधि कम हुँदा पेट्रोलियम पदार्थको खपत घटेको हो।

पूर्वाधार तथा विकास निर्माणका गतिविधि बढ्ने बित्तिकै आयात बढ्ने उनको बुझाइ छ। विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढेसँगै पेट्रोलियम पदार्थको खपत पनि घटेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले वर्षायाम र सरकारी निकायले निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नदिँदा निर्माणक्षेत्रले अपेक्षाकृत गति लिन नसकेको गुनासो गरे।

हाल निर्माणजन्य सामग्री र उपकरणको आयात घटेको छ। मनसुन र चाडपर्व सकिएपछि विकास निर्माणका गतिविधि चलायमान हुने उनको विश्वास छ।

चालु आवको तीन महिनामा पेट्रोल आयात पनि घटेको छ। चालु आवको असोज मसान्तसम्ममा छ अर्ब ५८ करोड ४६ लाख ८३ हजार बराबरको ७४ हजार ७१२ किलोलिटर पेट्रोल आयात भएको छ। अघिल्लो आवको सोही अवधिमा पेट्रोलको आयात २२.५२ प्रतिशतले घटेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर