नेभिगेसन मेनु

युक्रेनमा शान्ति स्थापना गर्न पुटिनलाई मोदीको आग्रह
सम्पादक:南亚网络电视
समय:2024-10-23 15:34

1729659185_putin-1200x560

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनमा शान्ति बहाल गर्न रुसलाई आग्रह गरेका छन्।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा मोदीले शान्तिका लागि संवाद गर्न आग्रह गरेका हुन्।

रुसको कजानमा जारी ब्रिक्सको १६ औं शिखर सम्मेलनका क्रममा दुई नेताबीच भएको दुई पक्षीय भेटमा मोदीले युक्रेनमा शान्ति कायम राख्न भारतको साथ रहने बताएको बीबीसीले जनाएको छ।

यसैबीच मोदीले आज चिनिया राष्ट्रपति सी जिनपिंगसँग पनि दुई पक्षीय वार्ता गर्दैछन्। सिमा रेखामा चीनसँगको तनाव कम गर्ने सम्झौता भएलगत्तै मोदी र सीबीच भेट हुन लागेको हो। दुई नेताबीच आज झण्डै ५ वर्षपछि दुई पक्षीय वार्ता हुन लागेको हो । हालै दुई देशबीच सन् २०२० मा उत्पन्न समस्याको समाधान र सिमामा हुने तनाव कमगर्न दुवै मुलुकबीच सम्झौता भइसकेको भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ। 

त्यहाँ रहदा मोदीले अन्य मुलुकका प्रमुखसँग पनि वार्ता गर्ने छन्। मोदीको रुस भ्रमणका क्रममा कजानमा भारतको वाणिज्य दुतावासन खोल्ने सहमति भएको छ।प्रधानमन्त्रीका रुपमा मोदीको रुस भ्रमण यो दसौं पटक हो भने पछिल्लो कार्यकालको दोस्रो भ्रमण हो।

ब्रिक्सको सम्मेलन रुसको अध्यक्षतामा अक्टोबर २२ देखि २४ सम्म सम्मेलन जारी छ। सम्मेलनमा जलवायु परिवर्तन, डिजिटल प्रविधिलगायत दर्जनौं मुद्दामा सदस्य राष्ट्रबीच छलफल हुने छ। त्यस्तै, नयाँ सदस्य राष्ट्र थप्ने विषयलाई पनि सम्मेलनको एजेण्डा बनाइएको छ। ब्रिक्समा आवद्ध हुन अन्य तीन दर्जन देशले रुचि देखाउदै आएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर