नेभिगेसन मेनु

लेबनानका बैंकसहितका स्थानमा इजरायलको बमबारी
सम्पादक:南亚网络电视
समय:2024-10-21 11:29

Lebanon_Attacking_Iserael

५ असोज, काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतसहितका स्थानमा आक्रमण गरेको छ । हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र अन्य संस्थानलाई लक्षित गरी इजरायलले बमबारी गरेको बीबीसीले जनाएको छ ।

यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले हिजबुल्लालाई सहयोग गर्ने बैंकसहितका २४ स्थानमा आक्रमण गर्ने चेतावनी जारी गरेको थियो ।

बीबीसीका अनुसार बेरुतको दक्षिणी क्षेत्रमा पर्ने दहिह शहरमा इजरायलले आठ हवाई हमला गरेको छ । यसलाई हिजबुल्लाहको नियन्त्रित क्षेत्र मानिन्छ । यसैगरी लेबनानको सरकारी मिडियाले देशका पूर्वी क्षेत्रमा पनि हमला भएको जानकारी दिएको छ ।

लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ शनिबार ड्रोन हमला भएपछि इजरायली सेना थप आक्रामक बनेको छ । नेतन्याहुले आफ्नो हत्या प्रयास भएको भन्दै हिजबुल्लाविरुद्धको आक्रमण जारी राख्ने बताएका थिए ।

लगत्तै आइतबार इजरायली सेनाले लेबनानका विभिन्न स्थानमा आक्रमण तीव्र पारेको छ । इजरायलको प्रतिकार गर्ने क्रममा हिजबुल्लाहले पनि इजरायली सेनाका क्याम्पलाई लक्षित गरी रकेट प्रहार गरेको जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर