नेभिगेसन मेनु

गाउँकै कच्चा पदार्थ, गाउँमै पैसा
सम्पादक:南亚网络电视
समय:2024-07-25 13:13

Untitled-1 (3)

तुलसीपुर, साउन १० गते । तुलसीपुर–८ की उर्मिला चौधरीलाई ढकिया, कलमदानी र झोला बनाउन भ्याइनभ्याइ हुन्छ । तुलसीपुर–८, बटोलपुरकी उर्मिला चौधरीलाई रोगले च्यापे पनि काममै व्यस्त हुनु पर्छ । 

हस्तकलामा निपुण रहेकी उर्मिला चौधरीले सिप आफूले मात्रै सिक्नुभएको छैन अन्य जिल्लामा पुगेरसमेत सिप सिकाउँदै आउनुभएको छ । उर्मिलाले गाउँमै उत्पादन भएका बाँसका चोया, गुँदबाट विभिन्न सामग्री बनाउँदै बिक्री गर्दै आउनुभएको छ । 

उहाँले बनाएका सामग्री जिल्लासहित काठमाडौँ, नेपालगन्ज र विदेशमा समेत बिक्री हुँदै आएको छ । उर्मिलाले कलमदानी, पूजादानी, ढकिया, झोला, ट्रे पाँच सयदेखि १० हजार रुपियाँमा बिव्रmी गर्दै आउनुभएको छ । उर्मिलाले भन्नुभयो, “मलाई त रोगले च्यापे पनि सुख हुँदैन तुलसीपुर उपमहानगरपालिकाले झोला माग ग-यो, त्यही बेला पखालाले च्याप्यो माग धेरै थियो तर एउटा मात्रै बनाएर दिएँ । गाउँकै बाँस, गुँद, मकै, धानको परालबाट सामग्री बनाइन्छ, घरबाटै बिक्री हुन्छ, घरमै बसेर गुजारा चलेकै छ ।” 

उर्मिला मात्रै होइन बाँसबाट कलमदानी, घडी, मन्दिर बनाएर तुलसीपुर–१९, पकर्रेका कृष्ण चौधरीले बिक्री गर्दै आउनुभएको छ । ६० वर्षीय चौधरीले सिपसमेत सिकाउँदै आउनुभएको छ ।

पकर्रे सामुदायिक वनले कृष्ण चौधरीको हस्तकलालाई प्रोत्साहन गर्दै पकर्रे उद्यमशीलता केन्द्रसमेत स्थापना गरेको अध्यक्ष मुरलीधर केसीले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर