नेभिगेसन मेनु

किसानलाई अनुदानमा ई-लोडिङ अटोरिक्सा वितरण
सम्पादक:南亚网络电视
समय:2024-07-22 15:20

krishi-samagri

साउन ७ गते । बाँकेको बैजनाथ गाउँपालिकाले स्थानीय किसानलाई ७० प्रतिशत अनुदानमा कृषि उत्पादन ढुवानी गर्ने ई–लोडिङ अटोरिक्सा वितरण गरेको छ । 

गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०-०८१ को वार्षिक बजेटमार्फत् ११ वटा कृषक समुह तथा फर्मलाई ई–लोडिङ अटोरिक्सा वितरण गरेको हो । 

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले ई–लोडिङ अटोरिक्साको चाबी सम्बन्धित किसानहरुलाई हस्तान्तरण गर्दै पालिकाका अधिकांश मानिस कृषिमा निर्भर रहेकोले स्थानीय सरकारले किसानको उत्पादन बढाउन तथा बजारीकरणका लागि विशेष रुपमा जोड दिँदै आएको बताउनुभयो ।

गाउँपालिकाले हरेक वर्ष किसानसँग पालिका प्रमुख कार्यक्रममा ठुलो परिमाणमा बजेट विनियोजन गर्दै आएको जनाउँदै उहाँले किसानले आफ्ना कृषि उत्पादनलाई सहज रुपमा ढुवानी गर्न सकुन भन्ने उदेश्यले विभिन्न कृषक समुहलाई ई–लोडिङ अटोरिक्सा वितरण गरिएको बताउनुभयो । कृषि उत्पादनलाई कोहलपुर र नेपालगन्ज पुर्याउन समस्या हुने गरेकोमा ई–लोडिङ अटोरिक्सा पाएपछि अब सहज हुने बैजनाथ गापाका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले बताउनुभयो । 

उहाँले ढुवानीका साधनको अभावमा धेरै किसानले आफ्नो उत्पादनलाई  नजिकको बजारसम्म पुरयाउन नसकेको जानकारी पाएपछि यो वितरण गरिएको बताउनुभयो । ई–लोडिङ अटोरिक्सा पाएका किसान र समुहले आफ्नो उत्पादनलाई ढुवानी गर्नुका साथै अन्य किसानको उत्पादनलाई पनि भाडामा ढुवानी गर्नसक्ने हुँदा समुहको आय समेत वृद्धि हुने कृषि शाखा प्रमुख विश्वकर्माले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर