नेभिगेसन मेनु

डुडुवा नदीको बाढीमा युवक बेपत्ता
सम्पादक:南亚网络电视
समय:2024-07-08 15:07

bepatta-yuwak-ko-khoji-jari-cha-

असार २४ गते । बाँकेको डुडुवा नदीमा आएको बाढीमा डुबेर बेपत्ता भएका नेपालगन्ज २० का एक पुरुषको खोजी कार्यलाई तीव्र पारिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वाटर बाँकेले जनाएको छ । 

आइतवार साँझ करिब ५ बजे नेपालगन्ज –२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँका ४२ वर्षीय सुशीलप्रसाद दाहाल डुबेर बेपत्ता हुनुभएको थियो ।  

दाहालको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । सोमवार बिहानदेखि खोजी कार्यलाई तीव्र पारिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वाटर बाँकेका गणपति एसपी विमल डाँगीले बताउनुभयो । 

उहाँले दाहाल डुडुवामा डुबेर बेपत्ता भएको खबर प्राप्त हुनेबित्तिकै सशस्त्र प्रहरी बल, नेपाल आयल निगम सुरक्षा बेस राँझाबाट सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा ७ जनाको टोली खटिई नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा खोजीकार्य गरिरहेको बताउनुभयो । 

खोजी कार्यमा जुटेको सशस्त्र प्रहरीलगायतको संयुक्त टिमले मोटरबोट र विशेष प्रशिक्षित गोताखोर डुडुवा नदीमा परिचालन गरेर बेपत्ता दाहालको खोजी गरिरहेको जनाएको छ । 

तीन दिनसम्म भएको निरन्तर वर्षाका कारण बाँकेका सबै खोला र नदीमा बाढी आएकाले नदी र खोलामा नुहाउन, पौडी खेल्न वा अन्य कुनै मनोरन्जनका लागि नजान सार्वजनिक आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । 

उहाँले जिल्लाका धेरै गाउँ र टोल बस्ती डुबानमा परेकाले सुरक्षा निकाय र स्थानीय विपत व्यवस्थापन समितिको संयुक्त प्रयासमा डुबानमा परेकालाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर