नेभिगेसन मेनु

स्लोभाकियाका प्रधानमन्त्री गोली प्रहारबाट गम्भीर घाइते
सम्पादक:南亚网络电视
समय:2024-05-16 16:08

robart2024-05-16-09-05-56

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली हानिएको छ । उनीमाथि एक बन्दुकधारीले कैयौँपटक गोली हानेको र केही गोली फिकोको पेटमा लागेको अधिकारीले बताएका छन् । आक्रमणबाट फिको गम्भीर घाइते भएको र उनको उपचार भइरहेको प्रधानमन्त्री कार्यालयले अन्तर्राष्ट्रिय मिडियालाई जानकारी दिएका छन् । ‘आज ह्यान्डलोभामा भएको एक बैठकबाट बाहिरिने क्रममा स्लोभाक गणतन्त्रका प्रधानमन्त्री रोबर्ट फिकोको हत्या प्रयास भएको छ,’ सरकारले सामाजिक सञ्जालमा पोस्ट गर्दै जानकारी दिएको छ ।

‘गोली प्रहारपछि राजधानी बातिस्लभा पुर्‍याउन समय लाग्ने भएकाले उच्च जोखिममा रहेका प्रधानमन्त्रीलाई हेलिकोप्टरबाट बाँस्का बाइस्ट्रिकामा लगियो,’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ । फिकोलाई राजधानीबाट करिब १५० किलोमिटर उत्तरपूर्व अवस्थित

ह्यान्डलोभा सहरको ‘हाउस अफ कल्चर’बाट बाहिरिने क्रममा गोली प्रहार भएको थियो । पार्टी कार्यकर्तासँगको भेटपछि बाहिरिने क्रममा प्रधानमन्त्रीको पेटमा चार गोली हानिएको स्लोभाकियाको टिभी स्टेसन टिए ३ ले बताएको छ । घटनालगत्तै प्रहरीले सो क्षेत्र सिल गरेको र घटनास्थलनजिकबाट एक संदिग्ध व्यक्तिलाई पक्राउ पनि गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

स्लोभाकियाकी राष्ट्रपति जुजाना कापुटोभाले पनि प्रहरीले गोली चलाउने बन्दुकधारीलाई नियन्त्रणमा लिएको पुष्टि गरिन् । ‘प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ । सकेसम्म चाँडो थप जानकारी उपलब्ध गराइनेछ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । फिकोको स्मेर–एसडी पार्टीले गत सेप्टेम्बरमा सम्पन्न आमनिर्वाचनमा जित हासिल गरेसँगै उनी चौथोपटक प्रधानमन्त्री बनेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर