नेभिगेसन मेनु

मधेस प्रदेश: मुख्यमन्त्रीमा सतिशको दाबी पेस
सम्पादक:南亚网络电视
समय:2024-06-07 14:20

sdfnhsfg

जनकपुर, जेठ २५ गते । मधेस प्रदेश सरकारको मुख्यमन्त्रीमा शुक्रवार बिहान जनमत पार्टीले सतिशकुमार सिंहको दाबी पेस गरिएको छ । 

मधेसमा जनमतको नेतृत्वमा सरकार बनाउन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, र नेपाल सङ्घीय समाजवादीको समर्थनमा दाबी पेस गरिएको हो । प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा सामान्य बहुमतको लागि ५४ जनाको समर्थन आवश्यक छ । गठबन्धनका ५५ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरिएको मुख्यमन्त्रीका दाबेदार सिंहले जानकारी दिनुभयो । 

मुख्यमन्त्रीमा दाबी गरिएपछि शुक्रबार नै नियुक्त गरी बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर