नेभिगेसन मेनु

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
सम्पादक:南亚网络电视
लेखक:नेपाल टेलिभिजन अनलाइन
समय:2023-12-19 12:43

MixCollage-19-Dec-2023-07-57-AM-3482-2048x1152

पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङ सडकखण्डअन्तर्गत कुश्मा नगरपालिका वडा नं. ८ चुवामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार राती १० बजेको समयमा कुश्माबाट पोखरातर्फ जाँदै गरेको ग२१प ९५ नम्बरको स्कुटर सडक छेउमा लगाएको बारमा ठोक्किएर पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाँकुरीका सागर कार्कीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक कार्यालय पर्वतले दिएको जानकारीअनुसार स्थानीयले अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्काल उद्धार गरी पर्वत अस्पतालमा उपचारका लागि ल्याएको र उपचार हुन नसकेपछि प्रहरीकै साथमा पोखरा पठाएको हो । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले अस्पतालमा पुर्‍याएपछि कार्कीलाई मृत घोषणा गरेको हो ।

स्कुटरमा अझै अर्को व्यक्तिपनि सवार भएको आशंका गरिएपनि हालसम्म पत्ता लाग्न नसकेको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ ।

स्कुटरमा उपलब्ध लाइसेन्समा रहेको सम्पर्क नम्बरमा कुरा गर्दा खसी खोज्नका लागि कुश्मातर्फ गएको भन्ने बुझिएको छ । प्रहरीले सडक सुरक्षाका लागि राखिएका सिसिक्यामराको सहायता लिएर खोजि गरिरहेको जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर