नेभिगेसन मेनु

शिक्षा विधेयक यथास्थितिमा स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-09-17 13:42

BishwaPrakashSharma

दमक, भदौ ३१ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक अहिलेकै अवस्थामा आफूहरूले स्वीकार नगर्ने प्रस्ट पार्नुभएको छ । हामीले यसभन्दा अघि पनि भनेका छौं र फेरि पनि भन्छौं जस्ताको त्यस्तै अवस्थामा विधेयकलाई स्वीकार गर्न सकिँदैन, उहाँले भन्नुभयो ।

केही दिनयता झापाका विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनुभएका महामन्त्री शर्माले यस विषयमा एउटा सांसद भएको हिसाबले पनि म संसदमा कुरा उठाउनेछु, उहाँको भनाइ थियो । शिक्षा विधेयककै विरोध आफूहरूले नगर्ने र नगरेको स्पष्ट पार्दै त्यसभित्रका केही बुँदाहरू स्वीकार्य नहुने उहाँले जनाउनुभयो ।

संविधानले दिएको अधिकार कुण्ठित  गर्ने गरी विधेयकमा राखिएका विषयवस्तुहरू हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । संविधानले दिएको ट्रेड युनियनको अधिकार रक्षाका लागि म शिक्षकहरूसँगै सङ्घर्षमा रहनेछु, उहाँले भन्नुभयो । विधेयकका राम्रा पक्षहरूमा छलफल चलाउनु र नराम्रा पक्षहरूलाई सच्याएर अघि बढ्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।

पहिला पनि यसरी विधेयक प्रस्ताव गर्दा आफूहरूले सच्याएर ल्याउनका लागि अनुरोध गरेको सम्झँदै शर्माले फेरि पनि नसच्याई विधेयक ल्याएकोप्रति आफूहरूको आपत्ति रहेको बताउनुभयो । विधेयक सच्चिएर आउँछ जस्तो लागेको थियो तर त्यस्तो देखिएन, महामन्त्री शर्माले भन्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर