नेभिगेसन मेनु

कुहिने फोहोरबाट कम्पोस्ट बनाउँदै महानगर
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-09-12 14:30

Sep_11-122023-09-11-07-22-56

काठमाडौं महानगरपालिकाले कुहिने फोहोर घरमै व्यवस्थापन गर्न प्रोत्साहनस्वरूप सहुलियत मूल्यमा कम्पोस्ट बिन भाँडो वितरण गर्न थालेको छ । हालसम्म एक हजारवटा भाँडा बिक्री गरिसकेको महानगरले पहिलो चरणमा चार हजार भाँडा बेच्ने लक्ष्य लिएको छ । उक्त भाँडाको मूल्य १५ सय राखेको छ । 

महानगरले वातावरण विभागबाट उक्त कम्पोस्ट बिन बिक्री गरिरहेको जनाएको छ । यसमा एक क्विटल अर्थात् सय केजी फोहोर अट्छ । वातावरण विभागबाट मात्रै बिक्री गर्दा उपभाक्तालाई असहज भएको भन्दै अब हरेक वडा–वडाबाट पनि वितरण गर्न लागेको छ । महानगरपालिकाले एक महिनाअघिदेखि सहुलियता मूल्यमा उक्त भाँडो वितरण सुरु गरेको हो ।

सहुलियतमा पाएपछि सर्वसाधारणले भाँडो खरिद गर्न रुचि देखाएको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार बजारमा तीन हजार पर्ने उक्त कम्पोस्ट बिन महानगरपालिकाले आधा मूल्यमा वितरण गर्न लागेको हो । ‘हामीले मागअनुसारको कम्पोस्ट बिन सहुलियतमा उपलब्ध गराएका छौँ, तर किन्न आउनेको संख्या कम छ,’ उनले भने, ‘सुरुमा यो भाँडो वितरण गर्छौँ, त्यसपछि कुहिने र नकुहिने फोहोर व्यवस्थापनसम्बन्धी थप नियम ल्याउँछौँ ।’

उनका अनुसार कम्पोस्ट बिन महानगरको वातावरण तथा कृषि विभाग टेकुबाट बिहान १० देखि दुई बजेसम्म सहुलियत दरमा किन्न पाइन्छ । यसमा घरमा उत्पादन भएको कुहिने फोहोर सहजै अटाउनेछ । यसअघि ०७९ को वैशाखमा सूचना जारी गर्दै महानगरले १ साउनदेखि कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न नगरवासीलाई अनुरोध गरेको थियो । तर, उक्त कार्यमा महानगर नै चुकेको थियो ।

फोहोर संकलन गर्ने महानगरका कन्टेनरले नै दुवैथरी फोहोरलाई एउटैमा राख्ने गरेका थिए  । त्यतिवेला हचुवामा सूचना जारी गर्दै महानगर आफैँ पछि हट्नुपरेको थियो । नियमअनुसार वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ को दफा २२ तथा फोहोरमैला व्यवस्थापन ऐन, ०६८ को दफा ६ अनुसार स्रोतमै फोहोरको पृथकीकरण गर्नुपर्नेछ  । यही ऐनलाई टेकेर फोहोर वर्गीकरणमा लागेको महानगरले जनाएको छ । घरमै कुहिने फोहोर छुट्याएर मल बनाउन चाहनेलाई महानगरपालिकाले फोहोर बनाउन प्रयोग हुने केमिकल पनि सहयोग गर्नेछ ।

उपत्यकामा उत्पादन हुन्छ दैनिक पाँच सय मेट्रिकटन कुहिने फोहोर

काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा दैनिक एक हजार दुई सय मेट्रिकटन फोहोर उत्पादन हुन्छ । उक्त फोहोर व्यस्थापन गर्न दैनिक दुई सय टिपर बन्चेरडाँडा पुर्‍याइन्छ  । हाल उत्पादन भएको फोहोरमध्ये झन्डै पाँच सय मेट्रिकटन फोहोर कुहिने हुन्छ । यसमध्ये काठमाडौं महानगरमा दैनिक पाँच सय मेट्रिकटन फोहोर उत्पादन हुन्छ भने त्यसमा तीन सय मेट्रिकटन फोहोर कुहिने हो । उक्त फोहोर घरमै व्यवस्थापन वा मल बनाउन सके उपत्यकाको फोहोर व्यवस्थापनमा पनि सहजता हुने महानगरका वातावरण विभाग प्रमुख श्रेष्ठको भनाइ छ । उनका अनुसार घरधनीले बिनको प्रयोग गरी उत्पादन गरेको मल घरमै प्रयोग गर्नेछन् । उक्त मल कुनै कृषि फार्मलाई पनि बिक्री गर्न सक्नेछन् ।  

एक हजारले खरिद गरे कम्पोस्ट बिन भाँडो 

रविनमान श्रेष्ठ प्रमुख, वातावरण विभाग, काठमाडौं महानगर

बजारमा तीन हजार पर्ने यो कम्पोस्ट बिन महानगरपालिकाले आधा मूल्यमा बिक्री गरिरहेको उपभोक्ताको मागअनुसारको बिन सहुलियतमा उपलब्ध गराएका हौँ । तर, किन्न आउनेको संख्या कम छ । सुरुमा भाँडो वितरण गर्छौँ, त्यसपछि कुहिने र नकुहिने फोहोर व्यवस्थापनसम्बन्धी थप नियम ल्याउँछौँ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर