नेभिगेसन मेनु

नेपाली फिल्म : जेठमा ओइरो, असारमा खडेरी
सम्पादक:南亚网络电视
समय:2025-07-21 12:43


barsha

एस् ए टी भी ५ श्रावण २०८२, काठमाडौँः नेपाली फिल्म निर्माणमा असन्तुलन देखिएको छ । चलचित्र विकास बोर्डको गत तीन महिनाको तथ्यांकले फिल्म निर्माण अस्थिर देखाएको हो । 

गत असारमा १९ वटा नयाँ नेपाली फिल्म दर्ता भएका छन्, जुन जेठको तुलनामा लगभग आधा हो । जेठमा ३६ वटा फिल्म दर्ता भएर नयाँ रेकर्ड बनेको थियो । वैशाखमा भने फिल्मको संख्या १८ मा सीमित थियो ।

असारमा निर्माण इजाजत लिने फिल्ममा ‘कहाँ भेटिएला’, ‘कहर’, ‘ब्जुन’, ‘क्याप्टेन साब’, ‘मासुभात’, ‘घोस्टेल’, ‘खेलाडी’, ‘इन्द्रेको बाउ चन्द्रे’, ‘बहौरिया’, ‘किरात राजा यलम्बर’, ‘किस्ने कहाँ छ ?’, ‘पजल’, ‘जहाजैमा’, ‘होस्टेल अगेन’, ‘मानिस हराएको सूचना’, ‘टिका’, ‘मुना मदनको ब्रेकअप’, ‘एक्का तीन’ र ‘लहर’ लगायत रहेका छन् ।

बोर्डबाट असारमा फिल्म निर्माण इजाजत सबैभन्दा पहिले शक्ति नमोबुद्ध फिल्म्स् प्रालीले लिएको छ । शक्ति नमोबुद्धले ‘कहाँ भेटिएला’ नामबाट फिल्म निर्माण इजाजत लिएको हो । मिलन तामाङ निर्माता निर्देशक रहेको बताइएको फिल्ममा धिरज मगर, बुद्धि तामाङ, स्यामा श्री शेर्पालगायत कलाकार रहने उल्लेख गरिएको छ । 

515865455_2558839114447683_1236727841251772429_n_4ufvP9tBqT

यो नामबाट दशक अगाडि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठले फिल्म निर्माण गरेका थिए । उक्त फिल्म स्वर्गीय निर्देशक शिव रेग्मी निर्देशन गरेका थिए, भने अभिनेत्री श्वेता खड्काले अभिनयमा डेब्यु गरेकी थिइन् । अन्तिम निर्माण इजाजत सुनारी फिल्म्स् प्रा.लिले फिल्म ‘लहर’ निर्माणका लागि लिएको छ । बुद्धिमान सुनारी निर्माता निर्देशक रहने फिल्ममा आकाश तामाङ र रन्जना खड्का कलाकारको रूपमा फाइनल भएका छन् । 

कसले बनाउँदै कुन फिल्म ?

असारमा फिल्म निर्माण अनुमति लिने निर्माता/निर्देशकमा केही नयाँ छन् भने केही पुराना । कलाकारको अवस्था पनि त्यस्तै छ । केही फिल्ममा अहिले चलेका कलाकार केदार घिमिरे, धीरज मगर बुद्धि तामाङ, खगेन्द्र लामिछाने, निरुता सिंह पूजा शर्मासम्म छन् ।   

यी हुन् असारमा निर्माण इजाजत लिने फिल्म, निर्देशक र कलाकार

film-asar-1film-asar-2

कुन–कुनले थाले काम ?

असारमा फिल्म निर्माण इजाजत प्राप्त गर्ने केही फिल्म निर्माण प्रक्रियामा जुटिसकेका छन् भने केहीको बन्ने पत्तोअत्तो छैन । निर्माण प्रक्रियामा जुटेका फिल्म हुन् – ‘क्याप्टेन साब’, ‘जहाजैमा’ र ‘मुना मदनको ब्रेकअप’ ।

‘क्याप्टेन साब’को केही दिन अगाडि शुभमुहूर्त भएको थियो । ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफीको रूपमा निर्माण हुन लागेको फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइलीको अभिनय रहनेछ ।

दीपेन्द्र के खनाल निर्देशक रहेको फिल्मको छायाङ्कन भदौको पहिलो साताबाट सुरु हुनेछ । फिल्मका निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र सृष्टिमा खनाल रहेका छन् भने कार्यकारी निर्मातामा सिर्जना नापित हुन् ।

munamadanko-breakup_HNge8b0Hcp

‘मुनामदनको ब्रेकअप’ पनि केही अगाडि घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । फिल्ममा हालसम्म कलाकार राज कटवाल मात्र फाइनल भएका छन् । फिल्म प्रेमकथामा बन्न लागेको हो ।

‘जहाजैमा’ पनि निर्माण घोषणासँगै छायाङ्कन तयारी भइरहेको छ । फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको यो फिल्म कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको हो । 

फिल्ममा केदार घिमिरे, सौगात मल्ल, जापनिज अभिनेत्री  रुजेल इचिमिया र सौगात मल्ल कलाकारको रूपमा छानिएका छन् । भदौबाट फिल्मको छायाङ्कन हुने बताइन्छ । उज्ज्वल गुरागाईंको निर्माण रहेन फिल्म नेपाल, जापान र फिलिपिन्समा खिचिने जनाइएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर