नेभिगेसन मेनु

कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2023-08-03 12:13

1689486905-7u8Aw

दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छभने अन्य १० जना बेपत्ता भएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो ।

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् ।

गत साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशहरूमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा दश जना बेपत्ता छन् । बाढी, घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको सङ्ख्या बढेको छ ।

मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारीसाधनबाट गत राति सातवटा शव निकालिएको थियो ।

अविरल वर्षाबाट प्रभावित १३ वटा शहरका सात हजार आठ सय६६ जनालाई विस्थापित भएका छन् ।

सार्वजनिक सुविधाहरूको क्षतिको सङ्ख्या एक सय ४९ पुगेको छ ।

सडक भत्किएका छन्भने सवारी साधन बगेका छन् जताततै बाढीको विनाशमात्र दृष्टिगोचर हुन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर