नेभिगेसन मेनु

तेहेल्का डटकमलाई दुई करोड क्षतिपूर्तिको आदेश
सम्पादक:南亚网络电视
समय:2023-07-23 16:00

0

दिल्ली उच्च अदालतले तेहेल्का डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तेहेल्का डटकमलाई दुई करोड रुपैयाँ क्षतिपूर्ति भर्न आदेश दिएको छ ।

न्यायाधीश निना वंशल कृष्णाको इजलासले सेवानिवृत्त सैनिक अधिकृत एम एस अलुवालियालाई निजहरूबाट उक्त रकम क्षतिपूर्तिस्वरूप भराउने आदेश दिएको हो । सन् २००१ मा मेजर जनरल अलुवालियाले सैन्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै तेहेल्का डटकमले गोप्य कारबाही (स्टिङ अप्रेसन) गरेर खरिदसम्बन्धी विवरण सार्वजनिक गरेको थियो ।

तेहेल्काले सार्वजनिक गरेका भ्रमपूर्ण समाचार सामग्रीबाट आफ्नो मानहानि भएको जिकिर गर्दै जनरल आलुवालियाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उनीमाथि प्रतिरक्षा सामग्री आयातमा ठूलो घोटाला गरेको आरोप लगाइएको थियो । 

तेहेल्काका दुईजना पत्रकारले प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर स्टिङ अप्रेसन गरेका थिए । उनले एक सिसी ब्ल्यु लेबल ह्विस्की र दश लाख रुपैयाँ घुस मागेको श्रव्य सामग्री तेहेल्काले प्रसारण गरेको थियो । उक्त सामग्री प्रसारण हुनेबित्तिकै भारतीय सेनाले उनीमाथि छानबिन थालेको थियो ।

छानबिनबाट प्रसारित श्रव्य सामग्री असत्य भएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो । न्यायाधीश कृष्णाले भ्रामक समाचारबाट पीडितको चरित्र हत्या भएको र सार्वजनिक मान–प्रतिष्ठामा ठूलो आघात पुगेकाले उक्त रकम क्षतिपूर्ति भर्न आदेश दिएकी हुन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर