नेभिगेसन मेनु

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज काठमाडौं आउँदै
सम्पादक:南亚网络电视
समय:2023-07-14 13:13

donald lu1636806625 (1)1637117975

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार काठमाडौं आउँदै छन् । उनले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत मन्त्रीहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनी अमेरिकी विदेश मन्त्रालयमा दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन् ।

हाल बंगलादेश रहेका उनी शुक्रबार अपराह्न आइपुग्न लागेका हुन् । अमेरिकी उपविदेशमन्त्री उजरा जिया र सहायक विदेशमन्त्री लुले भारत भ्रमण गरेका थिए । एक दिनका लागि आउन लागेका उनले दूतावासका कर्मचारीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।

‘उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उहाँहरूले गरेका प्रयासबारे पनि बुझ्नुहुनेछ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर