नेभिगेसन मेनु

सहरको बिचमा खोला खोज्दै महानगर
सम्पादक:南亚网络电视
समय:2023-07-27 13:29

Untitled-1

लेखनाथ, साउन ११ गते । पोखरा महानगरको बिच भाग हुँदै बग्ने फिर्के खोला कतै फराकिलो छ, कतै खोल्सो जस्तो देखिन्छ । केही ठाउँमा त केही व्यक्ति र संस्थाले खोलैमाथि भवनसमेत बनाएका छन् । फिर्केको सीमाङ्कन गर्न अहिले प्राविधिक सर्वेक्षण टोली फिल्डमा छ । 

साउन ३ गतेबाट सुरु भएको फिर्के 

सीमाङ्कनको काम बुधबारसम्म आधा भइसकेको छ । सर्वेक्षण टोलीका प्रमुख वासुदेव पौडेलले बिहान ७ बजेदेखि बेलुकासम्म ४० जनाले काम गरिरहेको जानकारी दिनुभयो । फिर्के फेवातालमा मिसिएको स्थानदेखि सुरु भएको सीमाङ्कन सशस्त्र प्रहरी गण मालेपाटनसम्म भइसकेको छ । 

यसमाथि पस्र्याङ हुँदै अँधेरीकुनासम्मको क्षेत्रमा तुलनात्मक रूपमा खुला क्षेत्र भएकाले कम समय लाग्ने पौडेल बताउनुहुन्छ । खोला सीमाङ्कनका लागि महानगरले सुरुमा चार टोली बनाए पनि अहिले फिर्के वारिपारि आधा÷आधा जनशक्तिले नापजाँच गरिरहेको छ । पौडेलले भन्नुभयो, “अहिले जग्गाधनीका नक्सा र खोला किनार हेरेर पोल गाडेका छौँ । खोला कतै तीन चार मिटर मात्र चौडा देखिन्छ भने कतै कतै ३०–४० मिटर फराकिलो पनि छ ।” 

बर्सातको प्रतिकूल समयमा जग्गा नाप्नु परेकाले केही कठिनाइ आएको उहाँले बताउनुभयो । स्थानीयले फालेको फोहोर छिचोल्दै, सर्पको डर र लामखुट्टेको टोकाइ सहेर काम गरिरहेको उहाँको भनाइ छ । सीमाङ्कनका व्रmममा कतै खोलाकै मापदण्डभित्र घर भेटिएको, कतै पर्खाल भेटिएका छन् । कतै कतै खोलाको मापदण्डभन्दा बढी जग्गासमेत स्थानीयले छाडेको देखिएको छ । नापजाँचका व्रmममा स्थानीयले बारम्बार नगरपालिकाले नापजाँच गर्ने गरेको तर काम नगरेको भन्दै आव्रmोश पोखेका छन् । 

महानगरका प्रमुख धनराज आचार्य यस पटक जुनसुकै हालतमा फिर्केको सीमाङ्कनसहित यसलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना पूरा हुने बताउनुहुन्छ । कहिले खोला छुट्याउँदा थोरै जमिन छाड्नु परे पनि फिर्के परियोजना बनेपछि स्थानीय नै लाभान्वित हुने उहाँको भनाइ छ । 

फिर्के खोलाको सीमाङ्कनपछि मापदण्ड लागु गर्दै फिर्के परियोजना सञ्चालन गर्ने महानगरको तयारी छ । एसियाली विकास बैङ्क (एडिबी) सँगको सहकार्यमा करिब ६५ करोड खर्चेर यो क्षेत्रलाई आकर्षक गन्तव्य बनाउने महानगरले जनाएको छ । प्रमुख आचार्य भन्नुहुन्छ, “अहिले घर र खोला छुट्याउँदै छौँ । साइट क्लियर भएपछि दायाँबायाँ साइकल लेन, ठाउँ ठाउँमा चेकड्याम र लाइटिङको काम गर्ने योजना छ ।” हिउँदमा फिर्केमा पानी निकै कम हुँदा मर्दीबाट पानी ल्याएर बगाउने महानगरको योजना छ । 

महानगरले अहिले फिर्के सीमाङ्कनसहितका कामका लागि सवा करोड बजेट विनियोजन गरेको छ । साइट क्लियर भए रकमान्तर गरेरै भए पनि बजेट थप्ने र फिर्के परियोजनाका लागि बजेट अभाव हुन नदिने आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । टोलीले मापदण्डविपरीतका संरचना यकिन गरी प्रतिवेदन पेस गर्ने छ । अहिले फिर्के खोलाको मापदण्ड १० मिटर छ । मापदण्डमा पुनर्विचार गरी लागु गर्ने महानगरको तयारी छ । 

निवर्तमान मेयर मानबहादुर जिसीको पालामा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा गठित फिर्के रेखाङ्कन समितिले खोला मिचेर १९२ वटा संरचना बनेको औँल्याएको थियो । पोखरा १८ को अँधेरीकुनाबाट सुरु भएको फिर्के खोला पस्र्याङ, मालेपाटन, बुलौदी हुँदै फेवातालसम्म पुग्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर