नेभिगेसन मेनु

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीन जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता
सम्पादक:南亚网络电视
समय:2023-06-13 17:59

ganesh2023-06-13-10-05-58

चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबीच ग्रेट हल अफ पिपुल्स  बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो । 

भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरूले बलियो रूपमा जोडेको नेपाल र चीनबीच सदियौँदेखि सौहार्दपूर्ण एवं अति घनिष्ट सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षहरूमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताए ।  

अध्यक्ष तिमिल्सिनाले घनिष्ट मित्र एवं विकासको साझेदार र असल छिमेकीको रूपमा नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्व र प्राथमिकता दिँदै आएको बताउँदै नेपाल सधै एक चीन नीतिको पक्षमा छ भने । पछिल्ला दिनहरूमा नेपाल र चीनको विद्यायिकी सम्बन्ध विस्तार हुँदै गएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्धलगायत हाम्रा दुई विधायिकाबीचको सम्बन्धलाई समेत थप मजबुत बनाउने  विश्वास पनि व्यक्त  गरे । 

चीन नेपालका पर्यटक स्रोत मुलुकहरूमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले  नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै आउट ब्यान्ड टुरिस्ट ग्रुपमा राखेकोमा खुसी व्यक्त गरे ।  चिनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्‍याउनेमा विश्वस्त रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले चीनका विभिन्न सहरबाट सोझो उडान हुने विश्वास व्यक्त गरेका थिए ।

नेपाल चीनबीच केरुङ/रसुवागढी, हिल्सा/पुराङ र तातोपानी–झाङमु नाकाहरूमार्फत दुईतर्फी व्यापार सञ्चालन भएको उल्लेख गर्दै आगामी दिनमा मुस्ताङको कोरालालगायतका नाकाहरू सञ्चालन हुने विश्वास व्यक्त गरे । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटीजस्ता उत्पादनलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगका लागि अनुरोध पनि गरे । 

भेटमा चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लिजीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका विषयलाई चीनले गम्भीरतापूर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिएका थिए ।  उनले चीनको छेन्दुबाट पोखरा उडानका लागि चीन तयारी अवस्थामा रहेको जानकारी दिएका थिए । ‘पोखरा विमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी जुन २१ देखि छेन्दु पोखरा सीधा उडान गर्न चीन तयारी अवस्थामा छ,’ उनले भने । 

अध्यक्ष तिमिल्सिना ९ सदस्यी नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गरेर चीन भ्रमणमा रहेका छन् ।   तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । चीनको औपचारिक भ्रमणमा रहेको नेपाली सांसदहरूको प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सदस्यहरू जीवन परियार, धवलशमशेर जंगबहादुर राणा,  प्रदीप यादव तथा  राष्ट्रिय सभाका सदस्यहरू उदयबहादुर बोहरा, दीपा गुरुङ र हरिराम चौधरी एवं  अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापा पनि चीन भ्रमणमा सहभागी छन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर