नेभिगेसन मेनु

काठमाडौँ-बेइजिङ सीधा उडान सुरु
सम्पादक:南亚网络电视
समय:2023-06-09 15:10

无标题जकमान

कोभिड महामारीपछि चीनको ग्वाङडोङ प्रान्तको ग्वाङझाउदेखि काठमाडौँसम्म आजदेखि दैनिक हवाई उडान सुरु भएको छ । ग्वाङझाउ चीनको एक प्रमुख व्यापारिक केन्द्र भएकोले चाइना साउदन एअरले आजदेखि दैनिक काठमाडौँसम्मको उडान सुरु गरेको हो । 

सन् २०२० को मार्चको अन्तिमदेखि बन्द भएको दैनिक उडान आजदेखि सुरु गरेपछि चीनबाट नेपाल आउने पर्यटनहरू पनि बढ्ने भएको छ । महामारीपछि चीनले गत ३ महिना अघिदेखि सातामा २ उडान मात्र सुरु गरेको थियो ।  

चिनियाँ समयअनुसार साँझ ८ः३० बजे उडेर नेपाली समय रात ११ः०५ मा नेपाल पुग्नेछ । नेपालबाट मध्य राति उडेर बिहान चीन फर्कने छ ।   

दैनिक उडान सुरु भएपछि चीनबाट नेपाल आउने  पर्यटकहरू वृद्धि हुने आशा गरिएको छ । दैनिक उडान भएपछि चीन जाने र आउने हवाई टिकट पनि सस्तो भएको छ । यसअघि सातामा ३ उडान हुँदा हवाई टिकट महँगो भएका कारण चिनियाँहरू नेपाल आउन अप्ठ्यारोमा परेका थिए । अत्यावश्यक काम भएका व्यक्ति मात्र नेपाल चीन आउने जाने गरेका थिए । 

चिनियाँ पर्यटकलाई नेपालमा सेवा दिँदै आएका युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले महामारीपछि पहिलोपटक दैनिक उडान भएपछि चिनियाँ पर्यटक बढ्ने बताए । उनले भने, आजदेखि हामी उत्साही भएका छौँ, नेपालमा अब चिनियाँ पर्यटक वृद्धि हुनेछ ।

जुन महिनाको २२ देखि तीन दिन छुटी हुँदै छ । त्यसपछि जुलाई महिनामा चीनमा विश्वविद्यालयमा हुने ४० दिने छुट्टीका कारण चिनियाँहरू घुमफिरमा निस्कने छन् । 

यही जुन महिनाको २२ तारिक चीनको राष्ट्रिय पर्व ड्रागन बोड फेष्टिवल (त्वान वु चेइ) हुँदै छ । यो अवसरमा चीन सरकारले तीन दिनको सापटी छुटी दिँदै छ । यो तीन दिनको छुट्टीमा पनि चीनबाट नेपाल पर्यटन बढ्ने आशा गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर