नेभिगेसन मेनु

भर्जिनियामा दीक्षान्त समारोह स्थल बाहिर गोली चल्दा दुईकाे मृत्यु, पाँच जना घाइते
सम्पादक:南亚网络电视
समय:2023-06-07 12:48

1686111392_us-1200x560

अमेरिकाको भर्जिनियाको रिचमण्डमा एक हाईस्कूलको दीक्षान्त समारोह भइरहेको थियटर अगाडीको पार्कमा अन्धाधुन्ध गोली चलेको छ। सो गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको बीबीसीले जनाएको छ।  

मंगलबार साँझ सवा ५ बजे अल्‍ट्रिया थियटरमा हाइस्कूल विद्यार्थीहरूको दीक्षान्त समारोह चल्दै गर्दा थियटर बाहिर रहेको मोनरो पार्कमा अन्धाधुन्ध गोली चलेको हो।

मारिनेहरूमा स्नातक कक्षामा अध्ययनरत १८ वर्षीय पुरुष र उनका ३६ वर्षीय बुबा रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको परिचय भने सार्वजनिक गरेको छैन।

गोली चलाउने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर