नेभिगेसन मेनु

आन्तरिक पर्यटकको रोजाइ बन्दै मौलाकालिका
सम्पादक:南亚网络电视
समय:2023-05-11 13:09

Untitled-2 (2)

पूर्वी नवलपरासीको गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा आएसँगै स्थानीयवासी हर्षित भएका छन् । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्न सक्ने भएपछि दर्शन गर्न जाने भक्तजनलाई सहज भएको छ । 

यसका साथै सहरको रमझम र प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागि समेत मौलाकालिका मन्दिर परिसर क्षेत्र एक उत्कृष्ट गन्तव्य भएको छ । स्थानीय रवीन्द्र अधिकारीले केबलकारमा मौलाकाली मन्दिर जान पाइने आशा साकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले केबलकार चढेर मन्दिर जान पाउँदा खुसी लागेको छ । उमेरले ८० पुगेँ । यो उमेरमा सिँढी चढेर मौलाकालिका जान गाह्रो हुन्थ्यो तर केबलकार चढेर मन्दिर दर्शन गर्न पाउँदा निकै खुसी छौँ ।”

केबलकार सञ्चालकले ८० वर्षमाथिका बुढाबुढीलाई छुट दिएकाले केबलकार चढेको उहाँले बताउनुभयो । वैशाख १ देखि मौलाकाली केबलकार सञ्चालनमा आएसँगै गैँडाकोट नगरपालिका–१ का बासिन्दा मौलाकालिका मन्दिरको धार्मिक महŒव बढ्ने बताउँछन् । त्यस्तै स्थानीयस्तरमा रोजगारी बढ्ने छ । मौलाकाली मन्दिर परिसरमा व्यापार गर्ने स्थानीय व्यापारी सुलभ कुमालले पूजा सामग्रीको व्यापारमा पनि वृद्धि भएको बताउनुभयो । 

केबलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन गर्न आउने वृद्धवृद्धालाई समेत सहज भएको छ । गैँडाकोट–६ का स्थानीय दीपा कँडेलले केबलकार सञ्चालनमा आएसँगै खुसी व्यक्त गर्नुभयो । 

केबलकार प्रयोग गरी मन्दिर दर्शन गर्न जाने यात्रुले विगतमा चार घण्टाको यात्रा गर्नु पथ्र्यो । स्थानीय अटो व्यवसायी समीर परियारले केबलकार सञ्चालनमा आएसँगै अटो सञ्चालनमा सहज भएको बताउनुभयो । 

उहाँले केबलकार सञ्चालन हुनुभन्दा पहिला अटोमा कमाइ थोरै थियो तर अहिले दैनिक दुई हजार रुपियाँसम्म बचाउन सकिएको बताउनुभयो । केबलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा स्थानीयको छ ।

बढे २० प्रतिशत भक्तजन

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटा केबलकार सञ्चालनमा आएसँगै पहिले जस्तो हिँडेरै जानुपर्ने अवस्था नरहेको र यसका कारण भक्तजन बढेको बताउनुभयो । केबलकार सञ्चालनमा आएपछि यहाँ २० प्रतिशतभन्दा बढी भक्तजन थपिएका र यो सङ्ख्या बढ्दै जाने देखिएको उहाँले बताउनुभयो । मौलाकालिका मन्दिर पूर्वी नवलपुरको गैँडाकोटस्थित पूर्वपश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ करिब चार किलोमिटर टाढा छ । समुद्री सतहदेखि ५६१ मिटर उचाइमा रहेको पवित्र धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर पहाडी वनको धुरीमा रहेको छ । यहाँबाट नवलपरासी र चितवनको दृश्यावलोकन गर्न सकिन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर