नेभिगेसन मेनु

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह
सम्पादक:南亚网络电视
समय:2023-05-09 12:41

Untitled-2

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुरसहित गण्डकीका सबै ११ वटा जिल्लामा ट्राफिक सप्ताह एकैसाथ सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी; सुरक्षित सडक, सुरक्षित नवलपुर’ भन्ने मूल नाराका साथ नवलपुरको सदरमुकाम कावासोतीमा पनि विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सुरु गरिएको छ । 

नवलपुरमा मात्र हप्तामा दुई वटा ठूला दुर्घटना हुँदा एक जनाको मृत्यु हुने गरेको छ । सडक दुर्घटनासम्बन्धी सचेतना बढाई सात लाख मानिसमा सचेतना फैलाउने उद्देश्यले सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गरिएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो ।

दैनिक सवारी दुर्घटना बढिरहेका बेला आफू र आफ्नो घरबाटै ट्राफिक सचेतना बढाऔँ भन्ने उद्देश्यले कार्यव्रmमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वमा हरेक वर्ष सवारी दुर्घटनाबाट १३ लाख ५० हजार मानिसले ज्यान गुमाउँछन् भने हरेक दिन तीन हजार पाँच सयको सवारी दुर्घटनामा परी मृत्यु हुने गरेको छ । नेपालमा दैनिक १२ जनाको सवारी दुर्घटनामा परी मृत्यु हुने गरेको छ भने गत आर्थिक वर्षमा २८३ सवारी दुर्घटनामा १२० जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।”

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रचार पम्प्लेट वितरण, अव्यवस्थित पार्किङ हटाउने, चालक परिचालक प्रशिक्षण, यात्रु सचेतनामा प्रशिक्षण दिइएको छ । सिट क्षमता, आरक्षण अनुगमन, सडक प्रयोगकर्ता, सेता सशस्त्र प्रहरी, विद्यार्थीलाई प्रशिक्षण, साना तथा ठुला सवारीमा स्टिकर टाँस्ने काम भएको छ । सवारी चालकको स्वास्थ्य परीक्षण, सवारीको यान्त्रिक परीक्षण, ग्रामीण भेगमा सचेतनाका कार्यव्रmम गर्ने जिल्ला ट्राफिक कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीले जानकारी दिनुभयो । 

कार्यव्रmममा समुदायको तल्लो तहसम्म सडक दुर्घटनासम्बन्धी सचेतना फैलाएर दुर्घटना न्यूनीकरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम विश्वकर्माले बताउनुभयो । प्रखुम जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यो कार्यक्रमले व्यक्तिदेखि समाजसम्मलाई सुरक्षित ट्राफिक व्यवस्थापनका बारेमा प्रेरणा प्रदान गर्ने बताउनुभयो । उहाँले ट्राफिक व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।  

दुर्घटनामा पर्नेमध्ये २४ प्रतिशत मोटरसाइकल, २३ प्रतिशत पैदल यात्रु र तीन प्रतिशत साइकल यात्रु रहने ट्राफिक प्रहरीको भनाइ छ । विश्व बैङ्कका अनुसार सवारी दुर्घटनाकै कारण विश्वमा कुल गार्हस्थ उत्पादन (जिडिपी) तीन प्रतिशत घट्ने गरेको छ । कार्यक्रममा २०४९ सालदेखि हालसम्म सवारीसाधन चलाएर एक पटक पनि दुर्घटनामा नपरेका दुई जना चालक लीला महतो र दिवाकर महतोलाई कदर पत्र प्रदान गरिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर