नेभिगेसन मेनु

निर्देशिकाविपरीत कोभिड चल्ती कोष खाता
सम्पादक:南亚网络电视
समय:2023-04-22 15:49

1

कास्की, वैशाख ९ गते । कोभिड भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालनका लागि छुट्टै खाता सञ्चालन गरेको पाइएको छ। सामाजिक विकास मन्त्रालयको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश लेखा नियन्त्रक कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैङ्कमा एक विविध खाता सञ्चालन गरेकोमा सोही बैङ्कमा कोभिड चल्ती कोष भनी छुट्टै खाता सञ्चालन गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले देखाएको छ। 

प्रतिवेदनअनुसार आर्थिक वर्षको अन्तिममा उक्त खातामा पाँच करोड ४५ लाख एक हजार रुपियाँ मौज्दात छ। निर्देशिकाविपरीत सञ्चालित खाता बन्द गरी मौज्दात रकम प्रदेश लेखा नियन्त्रक कार्यालयमा खोलिएको खातामा जम्मा गर्नुपर्ने निर्देशन प्रतिवेदनले दिएको छ। सरकारी कारोबार निर्देशिका–२०७६ मा प्रदेश सरकारका सबै निकायले आकस्मिकलगायतका विविध कोषको कारोबार गर्न प्रदेश लेखा नियन्त्रक कार्यालयमा खाता खोल्नुपर्ने भनी उल्लेख छ। 

कोभिड रोकथाम नियन्त्रण गर्न प्रदेश लेखा नियन्त्रक कार्यालयमा भएको विविध खातामा गत वर्षको मौज्दात दुई करोड ७० लाख ३७ हजार रुपियाँ रहेको छ। यस वर्ष प्राप्त ४९ करोड नौ लाख ७८ हजारसमेत जम्मा ५१ करोड ८० लाख १५ हजार आम्दानी भएकोमा २३ करोड ४० लाख ७९ हजार खर्च भई २८ करोड ३९ लाख ३६ हजार मौज्दात रहेको छ। 

मन्त्रालयले कोभिड चल्ती कोष भनी खोलेको खातामा गत वर्षको मौज्दात १६ करोड १५ लाख ९५ हजार पाइएको छ। जम्मा २० करोड ६९ लाख ४४ हजार आम्दानी रहेकोमा १५ करोड २४ लाख ४३ हजार खर्च भई पाँच करोड ४५ लाख एक हजार मौज्दात रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

उक्त कोषबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, स्वास्थ्य कार्यालय, अस्पताल, रेडक्रस सोसाइटीलाई विभिन्न रकम उपलब्ध गराइएको छ। मन्त्रालयले उक्त निकासा रकमबाट भएको खर्च विवरण लिई अभिलेख अद्यावधिक र अनुगमन नगरेको पाइएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर